एजेन्सी, ३ कात्तिक । दुई दशकदेखि रुसको राजनीतिमा राज गरिरहेका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी निर्वाचनमा रुसकी सेनिया सबचकले चुनौती दिने भएकी छन् ।
सेनियाले बुधबार आगामी राष्ट्रपतिय निर्वाचनमा आफू लड्ने तयारी गरेको बताएकी हुन् । सेनिया टिभी स्टार हुन् ।
३५ वर्षीया सबचकले एक भिडियो क्लिप जारी गर्दै चुनाव लड्ने तयारीबारे जानकारी दिइन् ।
रुसमा ३५ वर्ष तथा सोभन्दा बढी उमेर भएकाले राष्ट्रपतिका लागि उम्मेदवारी दिन सक्छन् ।



