रोल्पा। नेपाली काँग्रेसले माओवादी शसस्त्र द्धन्दको समयमा सबैभन्दा प्रभाव रहेको क्षेत्रमा माओवादीका नेता बर्षामान पुनसँग चुनावी मैदानमा भिड्न अमरसिंह पुनलाई पठाएको छ।
अमरसिंह पुन नेपाली काँग्रेस रोल्पाका सभापति हुन्।
पुन यसअघी सांसद पनि भएका थिए। उनले प्रतिष्पर्धा गर्नुपर्ने बर्षामान पुन माओवादीबाट अर्थमन्त्री भइसकेका छन्।

बर्षामानकी पत्नी ओनेसरी घर्ती सभामुख हुन्। घर्तीलाई माओवादीले समानुपातिकमा पठाएको छ।
नेपाली काँग्रेसका पुनसँग प्रतिष्पर्धामा उत्रिएका माओवादीका उमेद्वार पुन वाम गठवन्धनका तर्फबाट सारिएका हुन्।
प्रदेश सभाको लागि रोल्पा क बाट काँग्रेसले शेर बहादुर महरा र रोल्पा ख बाट खगेन्द्र प्रकाश हमाललाई उमेद्वार बनाएको छ।



