काठमाडौं, ८ कात्तिक- चिनियाँ राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओ त्से तुङपछिकै शक्तिशाली नेताका रूपमा स्थापित भएका छन् ।

विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक चीनलाई शासन गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनले विधानमा आधिकारिक रूपमा ‘सी जिनपिङ विचारधारा’ समावेश गर्दै सीलाई शक्तिशाली स्थान दिएको हो ।

यो सँगै चिनियाँ राष्ट्रपति सी चिनियाँ कम्युनिस्ट पार्टीमा माओ त्से तुङ र देङ सीआओ पिङपछि सबैभन्दा शक्तिशाली नेताको रूपमा उभिएका छन् । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले महाधिवेशन नयाँ युगको नयाँ अध्यायको सुरुवात गर्दै सम्पन्न भएको जनाएको छ ।

महाधिवेशनले पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सीले महाधिवेशनमा प्रस्तुत गरेको ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’लाई पार्टीको निर्देशक सिद्धान्तको रूपमा पार्टीको विधानमा उल्लेख गर्ने निर्णयलाई पारित गरेको हो ।

महाधिवेशनले सीको सैन्य विचार र सैन्य शक्तिमाथि पार्टी नेतृत्वलाई समेत थप मजबुत बनाउने निर्णय गरेको छ । त्यस्तै उसले राष्ट्रपति सीले सन् २०१३ मा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई समेत विधानको अंग बनाएको छ ।

सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी २८ वर्षपछि सत्तामा आएको थियो । योसँगै आफ्नो महाधिवेशनमा विधानलाई संशोधन गर्दै समयसापेक्ष बनाउँदै अगाडि बढेको छ, राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah