म्याग्दी— सांसदको तलब–भत्ता वृद्धिविरुद्ध म्याग्दीका विद्यार्थीले चर्को विरोध गरेका छन् । अनेरास्ववियु म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा सर्वसाधारणबाट ६०१ रुपैयाँ संकलन गरी व्यवस्थापिका संसद्लाई पठाएको छ।

अनेरास्ववियु म्याग्दीमा आबद्ध विद्यार्थीले तलब वृद्धिविरुद्ध चर्को नारा लगाउँदै बेनीबजारको क्याम्पस चोक, न्युरोड, हुलाकचोक हुँदै वीरेन्द्रचोकमा विरोधसभा गरेका थिए। विद्यार्थीको आन्दोलनलाई सर्वसाधारणले समर्थन गर्दै एक रुपैयाँदेखि ५० रुपैयाँसम्म सहयोग गरेका थिए।

भूकम्पबाट प्रभावित जनता अझै पालमा रहेको अवस्थामा पुनर्निर्माण, आर्थिक सहयोग लगायत कामलाई बेवास्ता गर्दै सांसद्ले आफ्नो तलब बढाएर भूकम्पपीडितलाई अपमान गरेको विद्यार्थीको भनाइ छ ।

‘जनप्रतिनिधिले भूकम्पपीडितलाई सुविधा बढाउनुपर्नेमा आफ्नो सुविधा बढाएका छन् । आफूहरुको तलब बढाउँदा कुनै सांसदले विरोध गरेनन्, सबै मिले । मिलेर राज्यको ढुकुटी रित्याउनेविरुद्ध कडा आन्दोलन गर्नेछौं,’ अनेरास्ववियु केन्द्रीय सदस्य प्रकाश पौडेलले भने ।

विद्यार्थीले सांसदहरूको बैंक खाता सार्वजनिकको माग समेत गरेका छन् । प्रत्येक सांसदको खाता सार्वजनिक भए हरेक महिना एक रुपैयाँ खातामा जम्मा गरी चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियु म्याग्दीका सचिवालय सदस्य ईश्वर सुवेदीले बताए ।

व्यवस्थापिका संसद्मा आइतबार पारित  गरिएको विद्येक अनुसार सांसदको मासिक पारिश्रमिक ५५  हजार दुई सय ३०, बैठक भत्ता समेत जोड्दा मासिक एक लाख हुुन्छ ।
नागरिक न्युज बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah