मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अनावश्यक खर्च बढ्ने र काममा समेत पछि परिने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। तर आगन्तुकले अलमल्याउने हुँदा काम पूरा नहुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्ला। बाध्यात्मक परिस्थितिले सताउन सक्छ। अरूका काममा आफ्नो अमूल्य समय नष्ट हुन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah