भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एक भारतीय पत्रकारको हत्या भएको छ। लोकप्रिय बंगाली राष्ट्रिय दैनिक ‘सिन्दन’ का वरिष्ठ क्राइम रिपोर्टर करिब ४८ वर्षीय सुदिप दत्त भौमिकको हत्या भएको हो।

त्रिपुरा राज्यको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले उनलाई गोली हानेका थिए। उक्त प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमिटर पश्चिममा पर्छ। समाचार रिपोर्टिङका लागि उनी त्यहाँ पुगेका थिए।

उक्त कार्यालयका एक जना वरिष्ठ प्रहरी अधिकारी अभिजित सप्तऋषिले प्रहरीको गोली लागेर पत्रकारको हत्या भएको पुष्टि गरेका छन्।

यसरी पत्रकार मारिएपछि उनलाई गोली हान्ने प्रहरी जवानलाई पक्राउ गरिएको छ। त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ। वरिष्ठ प्रहरी अधिकारी सप्तऋषिले प्रहरी हेडक्वाटरमै हत्या भएकोमा आश्चर्य व्यक्त गर्दै अनुसन्धान सुरु गरेको बताए।

हत्या गरिएका पत्रकार आबद्ध दैनिकका सम्पादक सुबल कुमार दायले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर उनी रिपोर्टिङमा गएको बताएका छन्।नारायणी अन्लाइनमा खबर रहेको छ।

दुई महिना अघिमात्र एक आन्दोलनको समाचार सङ्कलनका क्रममा टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो। त्यसको महिना दिनअघि पनि एक जना महिला सम्पादकको हत्या भएको थियो।

भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा वृद्धि भइरहेको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah