मंसिर ११, २०७३ दमक : यातायात मजदुरलाई गाडीभित्र जलाएर हत्या गरिएको विरोधमा झापाका यातायात मजदुरहरु आन्दोलनमा उत्रेका छन्। मंसिर ९ गते विहान रामेछापको निगलापानीमा गाडीमा नै जलेको अवस्थामा झापा लखनपुर–१ का २५ वर्षिय विशाल खड्काको शव फेला परेपछि यातायात मजदूरहरुले यसलाई नियोजित हत्या भन्दै हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन्। खड्काले चलाएको मे १ झ २१८७ नम्बरको टाटासुमो पनि पूर्ण रुपमा जलेको र खड्कालाई पछाडिको सिटमा राखी जलाएको अवस्थामा शव भेटिएको थियो।

शनिबार दमकमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात मजदुर संघ, नेपाल ट्रेड युनियन, कनकाई यातायात संघ र मेचीनगर ट्याक्सी ब्यवसायी संघले हत्यामा सम्लग्नको खोजी र कारबाहीको माग गरेका हुन्। पत्रकार सम्मेलनमा नेपाल यातायात मजदुर संघका जिल्ला वरिष्ठ उपाध्यक्ष विश्वास कुमार कश्यपले यो घटनाले यातायात चालकको पेशानै खतरामा परेको बताए। उनले भने,‘ यो घटनाको तत्काल छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्छ होइन भने हामी चरणबद्ध आन्दोलन गर्छौं।’ पूर्वाञ्चल यातायात व्यवसायी संघका पुर्व अध्यक्ष गंगा सिटौलाका अनुसार उनी काठमाडौंबाट गाडी रिजर्वमा लिएर इलामतर्फ आएका थिए। तर रामेछापको निगलापानी भन्ने ग्रामीण सडकमा शव भेटिएकाले यो नियोजित ढंगबाट हत्या भएको भन्दै हत्यारालाई तत्काल सार्वजनिक गरी स्वतन्त्र अनुसन्धानको वातावरण तयार गर्न माग गरेका छन्।

२४ घण्टाभित्र हत्यारा सार्वजनिक नगरे आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने सिटौलाले चेतावनी दिए। घटनास्थल पुगेर फर्किएङ्का सिटौलाले चालक खड्काको हत्या भएको दावी गरे। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ। थाहा खबर बाट सभार गरिएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah