हैदराबाद:

भारतको एक पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ। प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ।

यसमध्ये एक चलचित्र नायिका हुन् भने अर्की टेलिभिजन सिरियलमा काम गर्ने नायिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरुलार्इ पक्राउ गरेको हो। प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन्। उनले नायिकास‌ंग रात बिताउन ग्राहकसंग एक लाख लिएका थिए।

हैदराबाद प्रहरीका अनुसार केहि दिन अघि नै यौनधन्दाका बारे जानकारी पाएपनि प्रहरी उपयुक्त मौकाको पर्खार्इमा रहेको थियो। प्रहरीले शनिवार राति बंजारा हिल्स क्षेत्रमा रहेको ताज डेक्कन होटलमा छापा मारेर दुर्इ नायिका र एक पुरुषलार्इ पक्राउ गरेको हो। तीनै जना आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त होटलका म्यानेजरलार्इ पनि नियन्त्रणमा लिएको छ भने एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन बरामत गरेको छ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah