नुवाकोट, १३ मंसिर । गाउँमा उत्पादन हुने काउली, बन्दा, फलफूललगायत स्थानीय उत्पादनलाई प्रचारमा ल्याउन वेभसाइट सञ्चालनमा आएको छ । नुवाकोटको चतुराले गाउँका स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि पर्यटन व्यावसायी बासुदेव पाण्डे र अर्जुन पाण्डेको संयुक्त प्रयासमा www.chaturale.com मार्फत अब अनलाइन सपिङ हुने भएको हो ।

शनिबार चतुराले बजारमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटा र डा. हेली साओले उक्त अनलाइनको संयुक्त रुपमा उद्घाटन गरे । डा. हेली अष्ट्रेलियाको वेस्टर्न सिड्नी युनिभर्सिटीबाट नेपाली संस्कृतिको विषयमा अध्ययन गर्न ६ वर्षअघि नेपाल आएकी हुन् ।

कार्यक्रममा पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुमा नै पर्यटन क्षेत्रको सफलता रहेको बताए । ‘यो गाउँ काठमाडौंबाट नजिकै छ, यहाँको स्थानिय सांस्कृतिक पहिचान, स्थानिय उत्पादनलाई हामीले प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘यो गाउँको विकास भनेको पर्यटन हो । विकासको लागि सबै एक ठाउँमा आउनुपर्छ ।’

सापकोटाले परिवतर्नको सुरुवातबाट आफैँबाट गर्नुपर्ने भन्दै टोल सुधार भएमात्रै राष्ट्र सुधार हुने बताए ।

त्यस्तै डा. हेली शाओले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न मात्र नभइ चतुरालेको विकासका लागि पनि ‘कल्चरल हेरिटेज’को रुपमा विकास गर्नुपर्ने धारणा राखिन् । ‘यो ऐतिहासिक र रमणीय ठाउँलाई इन्टरनेटको माध्यमबाट चिनाउन म सक्दो सहयोग गर्छु,’ उनले भनिन्, ‘यहाँ संग्राहालय बनाउनुपर्छ, जहाँबाट यहाँको फलफूल मात्रै होइन यहाँको संस्कृतिको पनि विश्वव्यापीकरण हुनेछ ।’

उनले अनलाइन सपिङका लागि खाकासमेत प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah