पुस ७ –भारतको गुजरात राज्यमा विजय रुपाणी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
विधायक दलको नेता चुनिएकाले उहाँ मुख्यमन्त्री बन्ने पक्का भएको हो । त्यस्तै नितिन पटेल उपमुख्यमन्त्री बन्दै हुनुहुन्छ । रुपाणी गुजरातमा चुनाव हुनुभन्दा पहिले पनि मुख्यमन्त्री हुनुहुन्थ्यो ।
उहाँ आनन्दी बेन पटेलले राजीनामा दिएपछि अगस्ट ७, २०१६ मा राज्यको मुख्यमन्त्री बन्नुभएको थियो ।
रुपाणी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको करिवी मानिनुहुन्छ ।



