लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित भएका छन्।विआले ६१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएका छन्।
‘मेरा लाइबेरियाली साथीहरु, मैले सिङ्गो देशको भावनालाई गहिरो रुपमा महसुस गरिरहेको छु,’ चुनावी नतिजा घोषणा गरिएपछि सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्।
पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलवार फेरि भएको चुनावको थियो।
विआ विजयी भएको समाचार प्रकाशमा आएपछि उनका समर्थकहरुले राजधानी मुनरोभियाका सडकमा खुसियाली मनाउन थालेका छन्।विआले वर्तमान राष्ट्रपति एलेन जोनसन सरलीफको स्थान लिनेछन्।
युवाअवस्थामा फुटवल खेल्दै जर्ज विआ
उनी लाइबेरियाली संसद्को सिनेटर पनि हुन्।विआको जितसँगै दशकौंयता पहिलोपटक त्यहाँ लोकतान्त्रिक सत्ता हस्तान्तरण हुनेछ।
गोराहरुको दासत्वबाट मुक्त, अमेरिकीबाट स्थापित लाइबेरियामा सन् १९४४ यता सहज ढंगले एउटा निर्वाचित राष्ट्रपतिबाट अर्कोमा सत्ता हस्तान्तरण हुन सकेको छैन।
विआलेको खेल जीवन
ब्रिटेनमा चेल्सी र म्यानचेष्टर युनाइटेडका लागि केही समय खेलेका उनले युरोपका महँगा क्लबहरुमा खेलेका थिए।फिफा विश्व खेलाडी र प्रतिष्ठित बालन डोरबाट सम्मानित हुने उनी पहिलो अफ्रिकी फुटबल खेलाडी हुन्।उनले आफ्नो खेल जीवनमा थुप्रै ‘ट्रफी’ समेत जितेका छन्। उनी लाइबेरियाका फुटवल स्टार हुन्।सन् २००२ मा खेलबाट सन्यास लिएपछि विआ राजनीतिमा प्रवेश गरेका थिए। बीबीसी



