उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै परमाणु बम प्रहार गर्ने स्वीच सधैं आफ्नो डेस्कमा रहेको बताउँदै भने, ‘त्यो अमेरिकालाई युद्धबाट रोक्नका लागि हो।’
नयाँ वर्षको उपलक्ष्यमा त्यहाँको राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिएको भाषणमा उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको दाबी दोहोर्याएका थिए । ‘यो धम्की होइन, सत्यता हो’, उनले भने ।
सोही भाषणको क्रममा उनले आफ्नो छिमेकी दक्षिण कोरियालाई आफू सदैव छलफलका लागि तयार रहेको समेत बताएका थिए ।’हामी गृष्मकालिन ओलम्पिकमा उत्तर कोरियाली टिम पनि पठाउन सक्छौं,’ उनले भने ।
उत्तरले गरेको पछिल्ला मिसाइल तथा परमाणु परिक्षणपछि अन्तराष्ट्रिय स्तरमै ऊ माथि थुप्रै प्रतिवन्ध लगाइएको छ । प्रतिबन्ध पछि पनि उत्तर कोरिया आफ्नो मिसाइल तथा परमाणु परीक्षणलाई निरन्तरता दिन बताइरहेको छ। बिबिसी



