भारतको हरियाणा राज्यको पलवलमा मंगलबार छ जनाको हत्या भएको छ । मंगलबार बिहान दुई बजेदेखि ४ बजेको बीचमा एक व्यक्तिले करिब सँगसँगै रहेका छ जनालाई फलामको छडले हानेर हत्या गरेका बताइएको छ ।

भारतीय प्रहरीका अनुसार हत्यारालाई पक्राउ गरिएको छ । हत्या गर्ने व्यक्ति पूर्व सरकारी कर्मचारी भएको प्रहरीले जानकारी दिएको छ । उनको उमेर ४० देखि ४५ वर्षको बीचमा रहेको अनुमान गरिएको छ । शवलाई पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ ।

घटनामा आधारित एक सीसीटीभीको फूटेज फेला परेको छ, उक्त फूटेजमा उसको हातमा एउटा रड देखिएको छ । दक्षिणी क्षेत्रका प्रहरी महानिर्देशक सीएस रावले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘यस घटनामा गिरफ्तार भएका व्यक्तिको साइको एनालिसिस गरिनेछ । हत्याराले रातिको दुई बजेबाट ४ बजेसम्म नजिक–नजिक रहेका ६ जनालाई फलामको छडले हानेर हत्या गरेका छन् ।’

अहिलेसम्म हत्याको कारण र हत्यारा र मृतकको बीचको सम्बन्ध बाहिर आएको छैन । मारिनेमा एक महिला र पाँच पुरुष रहेका छन् । मारिनेमा तीन जना पुरुष सुरक्षा गार्ड रहेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्तको पहिचान भएको छ । नरेश कुमार नाम गरेका ती अभियुक्त सेनामा क्याप्टेनका रुपमा कार्यरत थिए । तर अहिले उनी हरियाणा कृषि विभागमा काम गरेको बताइन्छ ।

उनले सबैभन्दा पहिले अस्पतालमा एक ३५ वर्षीया महिलाको हत्या गरेको बताइएको छ । त्यसपछि पलवलमा पाँच जना पुरुषको हत्या गरेका थिए ।

मृतक महिला आफ्नी बहिनीको प्रसुती अपरेसनका लागि अस्पताल आएकी थिइन् । उनको हत्या अस्पतालको आइसियू कक्ष नजिक भएको थियो । अभियुक्तले प्रहरीमाथि पनि हमला गर्ने प्रयास गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah