लेटिन अमेरिकी मुलुक पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा खसेर बस दुर्घटना भएको हो ।

दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । बसमा ५० यात्रु सवार रहेकाले मृतकको संख्या अझै केही बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

प्यासिफिक समुद्री किनाराको यो सडकलाई पेरुमा डेभिल्स बेन्ड अर्थात सैतानी घुम्तीको नामले चिनिन्छ । पेरुकै खतारापूर्ण सडकमध्ये पर्ने यो सडकखण्डमा यसअघि पनि ठूला दुर्घटना भइसकेका छन् ।

पेरुमा सडक दुर्घटनाको कारण गत वर्ष मात्रै ३ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah