
। सोम, मंगलबार शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । बुध, बृहस्पतिबार व्यापार व्यवसाय फस्टाउनेछ । शुक्रबार प्रतिकूल रहनेछ ।
वृषः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पतिबार शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । शुक्रबार दाम्पत्य सुख बाहेकका अन्य सबै पक्ष सबल रहनेछन् ।
मिथुनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनि, रविबार कीर्तिवर्धक रहनेछ । पुरुषार्थ बढ्नेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार चिन्ता प्रधान रहनेछ । शुक्रबार आटे ताकेको काम सजिलै सँग सम्पन्न हुनेछ । सहकार्यमा लाभ हुनेछ ।
कर्कटःसाताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार बोलीवचनमा प्रभाव कम हुन सक्नेछ । सोम, मंगलबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार मध्यम प्रायः रहनेछ ।
सिंहः साता मिश्रित प्रायः रहनेछ । शनि, रविबार भाग्यवृद्धि हुनेछ । पढाइले गति लिनेछ । सोम, मंगलबार मध्यम रहनेछ । बुध, बृहस्पतिबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । यश कीर्ति मिल्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
कन्याः साता सरदर खालको रहनेछ । शनि, रविबार निकै खर्चिलो रहन सक्नेछ । सोम, मंगलबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । बुध, बृहस्पतिबार मध्यम रहनेछ । शुक्रबार सामाजिक कामको दायित्व थपिनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ ।
तुलाः साता मिश्रित नै रहनेछ । शनि, रविबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । ठूलाबडा व्यक्तिहरुसँग भेटघाट हुनेछ । शुक्रबार मध्यम रहनेछ ।
वृश्चिकःसाताको सुरु देखिका प्रायः दिन अनुकूल रहनेछन् । शनि, रविबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । सोम, मंगलबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार भाग्योदय हुनेछ ।
धनुः साताको मध्य भागका दिन अनुकूल रहनेछन् । शनि, रविबार मध्यम रहनेछ । सोम, मंगलबार कार्यसिद्धि हुनेछ । दीर्घकालीन काम बन्नेछ । बुध, बृहस्पतिबार प्राप्तिका स्रोतहरु खुल्नेछन् । मन प्रसन्न हुनेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
मकरःसाताको उत्तरार्ध अनुकूल रहनेछ । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पतिबार निकै कडा संघर्षपछि आटेको काममा सफलता मिल्नेछ । शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन रमाउनेछ ।
कुम्भः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनि, रविबार यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार मध्यम रहनेछ । शुक्रबार व्यवधानपूर्वक कामकाज बन्नेछ ।
मीनः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनि, रविबार शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोबल बढ्नेछ । सोम, मंगलबार यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार शरीर अस्वस्थ रहन सक्छ ।



