१६ मंसिर, काठमाडौं । ब्राजिलका फुटबल खेलाडी चढेको विमान दुर्घटनाको कारण ‘विमानमा तेल सकिएर भएको’ तथ्य सार्वजनिक भएको छ । लिक भएको एक अडियो रेकर्डिङका अनुसार तेल सकिएपछि विमान दुर्घटनामा परेको थियो । जहाँ ७७ यात्रु सवार थिए । जसमध्ये ६ जनामात्र जीवित रहेका छन् ।

एयर एयर कन्ट्रोलको टेपमा एक विमान चालकले बारम्बार इलेक्ट्रिक सिस्टममा खराबी आएको र इन्धनको कमी भएका कारण विमान उतार्न अनुमति मागेको सुनिएको बीबीसीले जनाएको छ ।

टेप रेकर्डिङ सकिनुभन्दा ठीक पहिला पाइलटले विमान ९ हजार फिटको उचाइमा उडिरहेको बताएका थिए ।दुर्घटनाग्रस्त विमानमा धेरैजसो ब्राजिलको शापेको एनसी फुटबल टीमका खेलाडी तथा २० पत्रकार सवार थिए जसको मृत्यु भएको छ ।

कोलम्बियाका कयौं सञ्चार संस्थाहरुले उक्त रेकर्डिङ प्रसारण गरेका छन् । जसले पहिले दिएको रिपोर्टको पुष्टि गर्दछ की विमान तेल सकिएका कारण विमान दुर्घटनामा परेको थियो ।  कोलम्बियाली सेनाले विमान ठोकिदाँसमेत विस्फोट नभएकोमा सन्देश व्यक्त गरेको छ ।

दुर्घटना सम्बन्धी पूरै जानकारी आउन केही महिना लाग्न सक्छ । ब्राजिलका फुटबल खेलाडी सोमबार कोलम्बियाको मेडेलीन शहर जाँदै थियो जहाँ उनीहरुले सबैभन्दा ठूलो खेल खेल्दै थियो । विमानका दुवै ब्ल्याक बक्स भेटिएको छ । र, अब अनुसन्धान सुरु हुनेछ । जसलाई बेलायती जाचकर्ताले सहयोग गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah