२०७४, पौष २६ गते बुधबार, माघ कृष्ण नवमी, चित्रा÷स्वाती नक्षत्र, सुकर्मा योग, तुलामा चन्द्रमा
मेषः दिन अत्युत्तम रहनेछ । यात्राको योग रहको छ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ ।
वृषः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महŒवपूर्ण काम गरिनेछ । मावलीतिरबाट सहयोग मिल्नेछ ।
मिथुनः दिन मध्यम रहनेछ । मनमा चिन्ता हानि हुनेछ । स्वास्थ्य दुर्वल रहनेछ । कडा प्रतिस्पर्धा गरिनेछ ।
कर्कटः दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ ।
सिंहः दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
कन्याः दिन मध्यम रहनेछ । बोलीवचनमा प्रभाव निकै कम हुनेछ । आर्थिक मामिलामा पनि धेरै होसियार हुनु पर्ने देखिन्छ । स्वास्थ्यमा गडबड हुन सक्छ ।
तुलाः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । महत्वपूर्ण काम गरिनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ ।
वृश्चिकः दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।
धनुः दिन उत्तम रहनेछ । धन आर्जन हुनेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । सबैतिरबाट लाभैलाभ मिल्नेछ । मन प्रसन्न हुनेछ ।
मकरः दिन लाभदायक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । चिन्तनमूलक काम गरिनेछ ।
कुम्भः दिन मध्यम रहनेछ । धर्मर्मामा निकै अवरोध पैदा हुन सक्नेछ । मनमा अशान्ति हुनेछ । शरीर कमजोर रहनेछ ।
मीनः दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनेछ । स्वाभिमान वचाउने आडम्बरले दुःख दिनेछ आवेश बढ्नसक्छ ।



