एजेन्सी- चार पटककी ओलम्पिक च्याम्पियन सिमोन बाइल्सले आफूमाथि यौन दुर्व्यवहार भएको खुलासा गरेकी छिन्।

आफ्नै जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको आरोप छ।

सन् २०१६ को रियो ओलम्पिकमा ४ स्वर्ण र १ कास्य पदक विजेता २० वर्षीया अमेरिकी जिम्न्यास्ट बाइल्सले ट्विट गर्दै उपचारको बहानामा नासारले आफूमाथि फरक व्यववहार देखाउने गरेको बताइन्।

उनले भावानात्मक तरिकाबाट ट्विटमा लेखेकी छन्, ‘तर मैले नासारलाई मेरो माया र आनन्द कहिल्यै चोर्न दिइनँ।’

हलिउडका फिल्म निर्माता हार्भे विन्स्टनले आफूमाथि गरेको यौन दुर्व्यवहारको घटना पर्दाफास गर्न नायिका मिलानोले ट्विटरमा चलाएको ‘मि टु ह्यास ट्याग अभियान’मा सरिक हुँदै बाइल्सले भनिन्, ‘आफूलाई त्यो कहालीलाग्दो अनुभवले परिभाषित नगर्ने तर त्योभन्दा मेरो अस्तित्व धेरै गुणा माथि छ।’

‘तपाईंहरु धेरै जनालाई म जस्तोसुकै अवस्थामा पनि खुसी रहन सक्ने र फुर्तिली केटी हो भन्ने थाहा छ। तर त्यो समयमा आफूलाई विचलित भएको अनुभव गरेकी थिएँ,’ उनले थपिन्, ‘मैले मेरा आवाजहरुलाई आफूभित्रै दबाएर राखेकी थिएँ, जसले चिन्ता थप्ने काम गर्यो। तर अहिले आफ्नो कथा भन्न कत्ति पनि डराएको छैन।’

सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकमा खेल्ने लक्ष्यसहित आफू दुर्व्यवहारको सिकार भएकै तालिम केन्द्रमा प्रशिक्षण लिनुपर्ने निचोडमा पुगेको उनले बताइन्।

‘म विलक्षण, चलाख, योग्य, प्रेरणादायी तथा जोसिली केटी हुँ। वाचा गर्छु कि मेरो कथा यो घटनाभन्दा निकै माथि जानेछ,’ बाइल्स थप लेख्छिन्, ‘म यो खेल असाध्यै मन पराउँछु, जुन कदापि त्याग्नेछैन।’

यसअघि रियो ओलम्पिकको दौरानमा ग्याबी डोग्लाससहित ३ ओलम्पिक स्वर्ण पदक विजेताहरुले आफूहरु पनि नासारको सिकार भएको बताएका थिए।
नासारमाथि लागेको आरोपका बारेमा उनका वकिलले केही पनि प्रतिक्रिया दिन चाहेका छैनन्। यसका बारेमा अमेरिकी जिम्न्यास्टिक टोलीबाट पनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

नासारमाथिको अभियोग र सजाय
५४ वर्षीय नासार अहिले बालबालिकामाथि यौन दुर्व्यवहार गरेको फोटो कम्प्युटरमा संग्रह गरेको गरेको आरोपमा ६० वर्ष लामो समयका लागि जेल सजाय भोगिरहेका छन्। मिचिगन स्टेट युनिभर्सिटीमा कार्यरत रहँदा र अमेरिकी जिम्न्यास्टिक टोलीको चिकित्सकका रुपमा उनी आबद्ध थिए। नासारमाथि करिब १ सय ३० भन्दा बढी महिला तथा बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

अनुसन्धानका क्रममा उनको कम्प्युटरबाट बालबालिकामाथि भएको यौन दुर्व्यवहार दर्शाउने ३७ हजारभन्दा बढी फोटो फेला पारिएको थियो। जसमा ६ वर्षभन्दा कम उमेरका बालिकाहरुको पनि फोटो भेटिएको थियो।

बयानका क्रममा नासारले आफूमाथि लागेको आरोप स्वीकार गरेका थिए।

गत डिसेम्बर ९ मा अमेरिकी जिल्ला न्यायाधीश जनेत नेफले यौन दुर्व्यवहारका ३ वटा मुख्य घटनामा नासारलाई दोषी ठहर गर्दै प्रत्येक घटनाका लागि जनही २० वर्ष गरी जम्मा ६० वर्ष जेल सजाय सुनाएकी थिइन्।

अदालतका अनुसार नासारमाथि लागेका २ आपराधिक मुद्दा तथा अमेरिकी जिम्न्यास्टहरुले लगाएको यौन दुर्व्यवहारको आरोपमाथि यही महिनाभित्र सुनवाइ हुनेछ।

अमेरिकाको स्पोर्ट्स नेसनल गभर्निङ बडीले नासारलाई आफ्नो टोलीमा १९८० को दशकमा सामेल गराएको थियो। उनी सन् २०१५ को जुलाइसम्म टिममा आबद्ध भए। नासारमाथि आरोप लागेपछि अमेरिकी जिम्न्यास्टिक टोलीका प्रमुख स्टिभ पेनीले सन् २०१६ मा राजीनामा दिइसकेका छन्।बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah