भारतको उत्तर प्रदेशमा आगनमा खेलिरहेका बालकमाथि गोली प्रहार भएपछि मृत्यु भएको छ । आगनमा खेलिरहेका बेला अज्ञात समुहले गोली चलाउदा उनको मृत्यु भएको हो । बालक ८ वर्षका माधव भारद्वाज रहेको जानाकारी प्राप्त भएको छ ।
कसले चलाएको गोलीबाट बालकको मृत्यु भयो भन्ने विषयमा प्रस्ट नभएको मथुराका प्रहरी प्रवक्ताले बताए । सो घटनालाई लिएर चार प्रहरी निलम्बित भएका छन् । ‘दुर्भाग्यपूर्ण घटनामा गोली लागेर निर्दोष बालकको मृत्यु भएको छ । सो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ,’ प्रहरी प्रवक्ता राहुल श्रीभाटभाले भने ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सो घटनाको निन्दा गरेका छन् । दोषीलाई कारबाही गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । पीडित परिवारलाई आर्थिक सहयोग दिने राज्य सरकारले घेषणा गरेको छ । उत्तर प्रदेश भारतमै सबैभन्दा बढी अपराध हुने राज्य हो । मुख्यमन्त्री योगीले आपराधिक गतिविधि नियन्त्रण गर्ने वाचा गरेका छन् ।

प्रहरीको गोली लागेर नातिको मृत्यु भएको उनका हजुरबुबाले बताएका छन् । बालकलाई गोली लागेपछि चौतर्फी आक्रोश बढेको छ । गस्तीमा रहेको प्रहरीको लापरबाहीले सो घटना भएको स्थानीयले आरोप लगाएका छन् । गोली हान्ने प्रहरीलाई कडा कारबाही गर्नुपर्ने स्थानीय गाउँलेहरूले बताएका छन् । स्थानीयले केही बेर गाउँमा रहेको प्रहरी चौकी घेराउ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah