अफगानिस्तान- अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ।
एक जना स्थानीय सरकारी अधिकारीले दिएको जानकारी अनुसार बिहीबार प्रहरीको पोसाकमा रहेका १ जना व्यक्तिले प्रहरी अधिकारीलाई गोली प्रहार गरेका हुन्।
उनले भने, ‘हेल्मन्ड प्रान्तको राजधानी लास्कार गाह नजिकैको प्रहरी चौकीमा घटना भएको हो, घटना लगत्तै ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।’
हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाबारे थाहा पाउने बित्तिकै दोषीको खोजी गर्नुका साथै अनुसन्धान सुरु गरिएको जानकारी दिए। सिन्ह्वा



