इजिप्टको राष्ट्रपतिका आकांक्षी पूर्व सेनाप्रमुखलाई इजिप्टको सेनाले मंगलबार पक्राउ गरेको छ।
इजिप्टले यही वर्षको मार्च २६ देखि २८ सम्म हुने भनिएको निर्वाचनमा पूर्व जनरल समी अन्नानले वर्तमान राष्ट्रपति अब्देल फताह अल सिसीसँग लड्ने चर्चा चलिरहेका बेला सेनाले उनलाई पक्राउ गरेको इजिप्टको सरकारी समाचार संस्थाले सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ।
अन्नानका विशेष सहयोगीका अनुसार उनलाई सक्रिय सैनिकबाट औपचारिक रूपमा सेवा त्यागेको, सेनाको कानुन मिचेको र राष्ट्रपतिको आकांक्षीका रूपमा प्रस्तुत गरेकोप्रति सोधपुछ गर्न लागिएको छ।
अन्नानले आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्ने भनी गत महिना घोषणा गरेका थिए। (रासस/एपी)



