दमक/नेपाल विद्युुत प्राधिकरण वितरण केन्द्र दमकले चार महिनाको अवधिमा विद्युत जरिवानाबाट मात्र ३७ लाख बढी राजश्व असुली गरेको छ ।
प्राधिकरण वितरण केन्द्रले आज दमकमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक बर्षको चार महिना भित्रमा उपभोक्ताबाट जरिवाना वापत ३७ लाख ५३ हजार १ सय ९४ रुपैया रकम असुल गरेको जानकारी दिएको हो । गत साउन यता विद्युत महशुल भुक्तानी नगरि बिद्युत बालिरहेका २ सय २४ ग्राहकको लाईन काटिएको र ती मध्ये १ सय ४३ ग्राहक उपभोक्ताले महशुल बुझाई पुनः बिद्युत लाईन जडान गरिएको बिद्युत प्राधिकरण दमक बितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।
यसैगरि केन्द्रले हेर्दै आएको झापाको माईपश्चिमका क्षेत्रको दमक नगरपालिका र त्यस आसपासका केही गाविसहरुले सडकमा बत्ती प्रयोग गरेबापत हालसम्म ३८ लाख ५० हजार रुपैया भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । सडकमा बत्ति बालेको कुनै पनि स्थानीय निकायले अहिलेसम्म महषुल भुक्तानी नगरेका केन्द्रका प्रमुख शाहले जानकारी दिनुभयो । विद्युत चुहावट नियन्त्रण अभियान अन्तरगत यही कार्तिक र मंसिर महिनामा मात्र ९ जनालाई पक्राउ गरि जरिवान अशुल गरेको प्राधिकरणले जनाएको छ ।
यसैबीच प्राधिकरणले विद्युत चुहावट नियन्त्रण गर्नका लागि सञ्चालित अभियानलाई समेत तिब्रता दिदै आएको जनाइएको छ । बिद्युत प्राधिकरण दमक बितरण केन्द्रले गत २०७२ चैत मसान्तसम्म बिद्युत मिटरको लाग निवेदन दिएका ग्राहकहरुलाई बिद्युत मिटर बितरण गर्ने भएको छ । केन्द्रले हाल सम्म ८ हजार जति मिटरको लागि निवेदन आए पनि पहिलो चरणमा २०७२ चैत मसान्तसम्म निवेदन दिएका करिब ४ हजार ग्राहकलाई मिटर बक्स दिन लागेको हो । अन्य ग्राहकलाई पनि आगामी एक महिना भित्रमा बिद्युत मिटर बितरण गर्ने तयारी गरिएको केन्द्रका प्रमुख शाहले जानकारी दिनुभयो । लामो समयदेखि उपभोक्ताले माग गरे पनि प्राधिकरणले बिद्युत मिटर उपलब्ध गराउन सकेको थिएन ।



