बाराक मिसेलबीच निकै गाढा प्रेम सम्बन्ध छ त्यसलाई शब्दमा वर्णन गर्न कठिन छ । यिनको जोडी पहिचान एक आदर्श दम्पत्तिको रूपमा छ । अझ रोचक कुरो के पनि छ भने यो जोडी अमेरिकाको रोमान्टिक जोडीमा पनि पर्दछन् ।
हारवर्ड ल स्कुलमा पढ्न पहिलो वर्षको पढाइ पूरा गरेर सिकागो ल फर्ममा बराक ओबामा समर इन्टनसिपका लागि पुगेका थिए । त्यो वेला मिसेलको पूरा नाम मिसेल राबिन्सन थियो र उनले बराक ओबामाको प्रशिक्षकको भूमिका निभाएकी थिइन् ।

विश्वको चर्चित देश अमेरिकामा दुई कार्यकाल राष्ट्रपति बन्नु सामान्य कुरो होइन । त्यही असामान्यलाई सामान्य बनाए बराक ओबाले । उनी संसारकै शक्तिशाली व्यक्तित्व मानिन्छन् । उनको राजनीतिक र सामाजिक जीवनका बारेमा बसै जानकार छन् । तर, उनको निजी जीवनका बारेमा कमैलाई थाहा होला ।
उनकी पत्नि मिसेल ओबामा हुन् । जो विश्वकै शक्तिशाली महिला मानिन्छिन् । समय मिलेसम्म यी दुवै जनासँगै भ्रमणमा बाहिर निस्कने गर्छन् । बराक– मिसेलबीच निकै गाढा प्रेम सम्बन्ध छ त्यसलाई शब्दमा वर्णन गर्न कठिन छ । यिनको जोडी पहिचान एक आदर्श दम्पत्तिको रूपमा छ । अझ रोचक कुरो के पनि छ भने यो जोडी अमेरिकाको रोमान्टिक जोडीमा पनि पर्दछन् ।

जहाँ प्रेम हुन्छ त्यहाँ झगडा पनि हुन्छ भनेजस्तै यो जोडीका बीच आमनागरिककै दम्पतीजस्तै वेलावेलामा झगडा पनि हुने गर्छ । एकसमय त संसारभरका सञ्चार माध्यम यिनको सम्बन्धका पछि पनि लागे । त्यो समय ओबामा दम्पतीको बन्धन टुट्ने स्थितिसम्म पुगेको थियो । मायाप्रेमकै बीचमा मिसेल बराक ओबामाको धेरै बानीबाट दुःखी पनि थिइन् ।

प्रेमको सुरुआत

युवा अवस्थामा अध्ययनका लागि केन्याबाट अमेरिका छिरेका बराक ओबामा र मिसेल ओबामाको पहिलो भेट सन् १९८९ मा अमेरिकाको सिकागो ल फर्ममा भएको थियो । हारवर्ड ल स्कुलमा पढ्न पहिलो वर्षको पढाइ पूरा गरेर सिकागो ल फर्ममा बराक ओबामा समर इन्टनसिपका लागि पुगेका थिए । त्यो वेला मिसेलको पूरा नाम मिसेल राबिन्सन थियो र उनले बराक ओबामाको प्रशिक्षकको भूमिका निभाएकी थिइन् ।

मिसेललाई उक्त जिम्मेवारी बराकसँग भेट नगराइकन दिइएको थियो । मिसेल उक्त जिम्मेवारीबाट खुसी थिइनन् । सिकागो ल फर्मको ४७औँ नम्बरको कोठामा बराक ओबामाले पहिलोपटक मिसेललाई देखेका हुन् । कालोे वर्णका हिस्सी परेका ओबामा पहिलो नजरमै मिसेलको मनमा बस्न सफल भए । ओबामा पनि मिसेलको बोल्ने र हाँस्ने शैलीबाट निकै प्रभावित भए । । क्रिस्टोफर एन्डरसनको पुस्तक ‘बराक एन्ड मिसेल’ द लभ स्टोरी’ मा यो कुरा उल्लेख गरिएको छ । मिसेलसँगको पहिलो भेटपछि ओबामाले आफ्ना साथीसँग भनेका थिए, अरे यार, उनी धेरै सुन्दर लाग्छिन्, म उनको मनमा बस्न आफ्नो जादु चलाउने प्रयास गर्छु ।’

मिसेलले ओबामासँग भेटेर पहिला आफ्नो कामसँग मात्रै मतलब राख्न भनिन् । बराक जब उनीसँग नजिक हुने प्रयास गर्दै थिए तब मिसेलले सफा कुरा गर्दै भन्थिन्, ‘मेलै आजसम्म कसैसँग प्रेम गरेको छैन र डेटिङ पनि गएकी छैन ।’ मिसेलका यी कुराले उनी अझै उत्साही हुन्थे । बिस्तारै उनले मिसेलको सुन्दरताको तारिफ गर्दै गिफ्ट पठाउन थाले । भेटमा फूल दिन सुरु गरे । फोन, भेट गर्ने काममा उनी अघि बढ्दै गए । तर, मिसेलको मन पग्लिएको थिएन । तर, केही महिनापछि उनले बराक ओबामाले आफ्नो एक समारोहमा बोलाइएको निमन्त्रणलाई स्वीकार गरिन् । जहाँ ओबामा अश्वेत युवकलाई हिम्मत जुटाएर भाषण दिँदै थिए ।

दुवै आफ्नो पहिलो डेटमा सिकागोको हायड पार्कस्थित बेस्किन–राबिन्स स्टोरमा गएका थिए । यहाँ दुवैले पहिलोपटक एक अर्कालाई किस गरेका थिए । दुई वर्षभन्दा बढीको कोर्टसिपपछि एक दिन बराक ओबामाले ‘ल’ को परीक्षा पास गरेको खुसीयालीमा मिसेललाई रोमान्टिक डिनरमा बोलाए र उनलाई विवाहको प्रस्ताव राखे । मिसेलसँग नाई भन्ने कुनै कारण थिएन् । दुबैले ३ अक्टोबर, १९९२ मा सिकागोको ट्रिनिटी युनाइटेडमा दुई सय पाहुनालाई साक्षी राखेर विवाह गरे ।

मिसेललाई मन नपर्ने ओबामाको बानी

क्रिस्टोफर एन्डरसनको पुस्तक ‘बराक एन्ड मिसेल’ द लभ स्टोरी’ मा ओबामाका ती खराब बानीहरू उल्लेख गरिएको छ, जस्तै, घरको कुनै काम नर्गनु, भान्साको सबै काम मिसेलका लागि छाड्नु, आफ्नो मोजा–रुमाल सही ठाउँमा नराख्नु, चुरोट पिउने, मध्य रातीसम्म नसुत्ने बानी, निद्रामा घुर्ने बानी र परिवारका लागि धेरै कम समय दिने ओबामाको बानीले उनी दुःखी छन् ।

मिसेल आफ्ना पतिका बारेमा भन्छिन्, ‘हाम्रो विवाह परफेक्ट थिएन होला, तर हाम्रो सम्बन्धलाई बलियो बनायो ।’ अमेरिकाको राष्ट्रपति पदको एकदमै व्यस्त सयमको बाबजुद पनि मिसेलका लागि हरेक दिन समय निकाल्थे उनी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah