दमक-६८ औं विश्व मानव अधिकारको अवसर पारेर स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीहरुले शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायको केन्द्रिय कार्यालय जेनेभामा ज्ञापन पत्र पठाइएको छ ।
भूटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले इमेल मार्फत आज ज्ञापन पत्र पठाएको हो । पत्रमा विश्व मानव अधिकार घोषणा पत्र १९४८ को धारा १३ मा कुनै पनि देशमा अशान्ति हुँदा सुरक्षाका लागि शरण लिन कुनै पनि देशमा जान पाउने र शान्ति बहाल पछि फेरि स्वदेश फर्कन पाउँने अधिकार सुनिश्चित भएको भए पनि हालसम्म कार्यन्वयन हुन नसकेको उलेख्य छ । समितिका प्रवक्ता सन्तविर घलेले हस्ताक्षर गरेको प्रेश विज्ञप्तीमा भूटानी शरणार्थीको समस्या समाधानमा ३ विकल्पको कुरा उठाइए पनि हालसम्म तेस्रो मुलुकको प्रकृया कार्यन्वयन भएको अन्य स्वदेश फर्कन चाहाने शरणार्थीहरु हदैसम्मको पीडित भएको उल्लेख गरिएको छ । पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगीमा १४ हजार हाराहारीमा शरणार्थीहरु रहेको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले जानकारी दिएको छ ।



