एजेन्सी- श्रीदेवीको निधनबारे उनका पति बोनी कपुरले मुख खोलेका छन्। बोनी कपुरले आफ्ना साथी फिल्म समीक्षक कोमल नहाटालाई बताए अनुसार बोनीले सरप्राइज दिन दुबई जाने योजना बनाएका थिए।

कोमल नहाटाले आफ्नो ब्लगमा लेखेका छन्, ‘विवाह पश्चात श्रीदेवी आफ्नो छोरी जान्ह्वीका लागि सपिङ गर्न दुबई बसेकी थिइन्। श्रीदेवी २१ तारिखमा सपिङ गर्ने योजनामा थिइन् तर श्रीदेवीको मोबाइल २० तारिखमा बिहे भएकै होटलमा छुटेको थियो। त्यसपछि उनी २१ तारिख दिनभर होटलमै आराम र केही साथीसँग गफ गरेर बसेकी थिइन्। त्यसपछि उनले भारत फर्किने तालिका परिवर्तन गरेकी थिइन्।’

कोमलका अनुसार बोनी कपुरले भनेका थिए, ‘२४ तारिख बिहान मैले श्रीदेवीसँग फोनमा कुरा गरेको थिएँ। श्रीदेवीले पापा (श्रीदेवी बोनीलाई पापा भन्थिन्) मैले तपाईंलाई मिस गरेकी छु भनेकी थिइन्। मिस गरिराछु भनेपछि मैले श्रीदेवीलाई म त्यो दिन साँझ दुबई जान लागेको भनिनँ। म दुबई जान लागेकोमा जान्ह्वीको पनि सपोर्ट थियो। किनकि श्रीदेवीले पासर्पोट लगायतका सामान नहराउन्।’

कोमलले ब्लगमा लेखेका छन्, ‘बोनी सोही दिन साँझ ६.२० बजे श्रीदेवी बसेको दुबईको होटलमा पुगे र उनले होटलबाट श्रीदेवी बसेको कोठाको नक्कली साँचो लिए। बोनीले ढोका खोले र श्रीदेवीलाई अंकमाल गरे। त्यसपछि उनीहरुले आधा घन्टा कुराकानी गरे। र उनीहरुले रोमान्टिक डिनरका लागि जाने निर्णय गरे।’

बोनीले कोमललाई भने, ‘म लिविङ रुममा गएँ र श्रीदेवी डिनरका लागि तयार हुन बाथरुम गइन्। केही समय मैले टिभीमा क्रिकेट म्याच हेरें। १५–२० मिनेट म्याच हेरेपछि श्रीदेवीलाई बोलाएँ, तर जवाफ नआएपछि बाथरुमको ढोकामा गएर बोलाएँ। उनी नबोलेपछि म आत्तिएँ र बाथरुमको ढोका खोलें। ढोका भित्रबाट बन्द थिएन। बाथटप भरी पानी थियो र श्रीदेवीको पूरै शरीर पानीमा डुबेको थियो। श्रीदेवीको शरीरमा कुनै चाल थिएन।’

कोमलले आफ्नो ब्लगमा लेखेका छन्, ‘श्रीदेवी पानीमा डुब्नाले बोनी कपुर पनि दुःख र कष्टमा डुबे। बोनीले श्रीदेवीलाई २ घन्टा अघि दिएको ‘सरप्राइज’ शोकमा बदलियो। श्रीदेवी आफ्ना पति बोनी कपुरसँग डेट डिनरमा जान तयार हुन लाग्दा उनलाई थाहा थिएन की उनी आफ्नो अन्तिम यात्राका लागि तैयार हुन गएकी थिइन्।’

(अलिशा आलमले नवभारत टाइम्समा लेखेको सामग्रीबाट अनुवाद)  र नेपाली लाइभ बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah