एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेक्स टिलरसनलाई विदेशमन्त्रीबाट बर्खास्त गरेका छन् ।
बीबीसीका अनुसार ट्रम्पले ट्वीटमार्फत अहिलेसम्मको कामका लागि टिलरसनलाई धन्यबाद दिएका छन् । ट्रम्पले मंगलबारै विदेशमन्त्रीमा प्रमुख माइक पोम्पियोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् । माइक गुप्तचर संस्था सीआइएका प्रमुख थिए । उत्तर कोरियाली नेता किम जोङसँग वार्ता गर्ने कि नगर्ने भन्ने विषयमा ट्रम्प र लिटरसनबीच चल्दै आएको थियो ।
आफूलाई बाइपास गरेर ट्रमपले किम जोङसँग वार्ताको घोषणा गरेको भन्दै टिलरसनले सार्वजनिक रुपमै आपत्ति जनाएका थिए । विवाद बढ्दै गएपछि ट्रम्पले केही दिनअघि नै पदबाट राजीनामा दिन टिलरसनलाई दबाब दिएका थिए । तर, उनेल राजीनामा दिएका थिएनन् ।



