सिरियाको पूर्वी गुटाबाट बिहीबार एकै दिन १२ हजार जना सर्वसाधारण नागरिक विस्थापित भएका छन्।

सिरियाको राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटामा सरकारी फौज र विद्रोहीबीच भएको पछिल्लो भीडन्त र आक्रमणपछि एकैदिन यति ठूलो संख्यामा स्थानीय वासिन्दा विस्थापित भएको विभिन्न अनुगमनकर्तालाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। अनुगमनकर्ताहरूले एकै दिनमा विस्थापित हुनेहरूको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै भएको बताएका छन्।

सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले त्रास र असुरक्षा महशुस गरेर पूर्वी गुटा क्षेत्रका स्थानीय वासिन्दा विस्थापित हुन बाध्य भएको जनाएको छ। सिरियामा जारी विध्वंसात्मक द्वन्द्वको बढ्दो जोखिम विशेषगरी बालबालिकामा देखिन थालेको संयुक्त राष्ट्रसंघले बताएको केही दिनपछि एकै दिनमा सर्वसाधारणको यति ठूलो संख्या विस्तापित भएको तथ्याङ्क बाहिर ल्याइएको छ।

राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकाय (युनिसेफ)ले दिएको पछिल्लो तथ्याङ्क अनुसार सिरिया द्वन्द्वका कारण बालबालिकाको हत्या हुने क्रम बढेको र सन् २०१६ को तुलनामा द्वन्द्वका कारण बालबालिकाको मृत्युदर ५० प्रतिशतले बढेको जनाइएको छ। सन् २०१८ को सुरुवातसँगै यो क्रममा थप डरलाग्दो स्थिति देखिएको युनिसेफले जनाएको छ। विद्रोहीको आधार क्षेत्र पूर्वी गुटामा सिरियाली सरकार तथा यसका सहयोगी शक्तिले गरेको स्थल तथा हवाई आक्रमणमा परी यही बर्षको फेब्रुअरीदेखि हालसम्म दुई सयभन्दा बढी बालबालिका सहित एक हजार एक सय भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ।

सन् २०११ को मार्च १५ बाट राष्ट्रपति बसर अल असदको राजीनामा माग्दै सुरु भएको जनआन्दोलन दुई वर्षपछि गृहयुद्धमा परिणत भएको थियो। विपक्षी आन्दोलनकारीले पनि सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच जारी रहेको युद्धका कारण हालसम्म तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको र लगभग दुई करोड सिरियाली नागरिक विस्थापित भएको बताइएको छ।

–एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah