मनिला (एजेन्सी)- फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिका छन्।

प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्याह्न विमान एउटा घरमाथि खसेको अधिकारीले जनाएका छन्।

प्लारिडेल प्रहरीले घटनास्थलबाट १० जनाको शव संकलन गरेको बताएको छ। ५ जना सवार ६-सिटे विमान आवासीय क्षेत्रको एउटा घरमा खस्दा मानवीय क्षति बढी भएको हो।

स्थानीय नोल डेला रोसाले आफ्नी आमा, श्रीमती र तीन बालबच्चाले घरमा खाना खाइरहेका बेला विमान खस्दा ज्यान गुमाएको बताए। उनी भने काममा बाहिर रहेकाले जोगिएका छन्।

विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समय अनुसार बिहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah