चर्चित भारतीय सामाजिक अभियन्ता अन्न हजारे पुनः अनशन वस्दै छन् ।
शुक्रबारबाट उनले अनशनको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अन्नाले रामलीला मैदानमा अनिश्चितकालिन भोक हड्ताल गर्न लागेका हुन् । उनी ६ वटा माग राख्दै अनशनमा बस्न लागेका हुन् ।
उनले कृषले पाएको पीडालाई सरकारले सम्बोधन नगरेको भन्दै भोकहड्ताल गर्न लागेका हुन् ।
किसानले कृषि उपजमा लागतको आधारमा डेढ गुणा रकम पाउनु पर्ने ।
खेतिमा निर्भर रहेका ६० वर्ष भन्दा धेरै उमेरका किशानलाई मासिनक पेन्सनको व्यवस्था, कृषि मूल्य आयोगलाई संवैधानिक दर्जा, लोकपाल विधेयक पारित लगायतका माग अन्नले राखेका छन् ।
उनको यसअघि आन्दोलनले भारतमा ठूलै हलचल पैदा गरेको थियो भने उनको साथमा रहेका अरविन्द केजरिवालहरुले आम आद्मी पार्टी नै खोलेका छन् ।



