त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको युएस बंगला विमान चालक अविद सुल्तानको श्रीमतीको हृदयघातका कारण निधन भएको छ ।
चालक सुल्तानकी पत्नी अफुसना खानको बंगालदेशको नेशनल इन्स्टिच्युट अफ न्यूरो साइन्स एण्ड हस्पिटलमा शुक्रबार विहान निधन भएको हो ।
आइतबार हर्ट अट्याक भएपछि उनलाई अस्पताल भर्ना भएको थियो ।
पाइलट अविदले चलाएको विमान फागुन २८ गते वंगलादेशबाट नेपालका लागि उडान भर्ने क्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका चार सदस्यसहित ४९ जनाको मृत्यु भएको थियो । जसमध्ये २६ बंगाली, २१ नेपाली र एक एक चिनियाँ र माल्दिभ्सका नागरिक थिए ।



