बीबीसी। अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यूट्यूब मुख्यालयमा आक्रमण भएको छ। एक बन्दुकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना घाइते भएका छन् भने आक्रमणकारी महिलाले आफैंलाई गोली हानी आत्महत्या गरेको बीबीसीले जनाएको छ।
प्रहरीका अनुसार गोलीबारीका घाइते चार जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्थाका बारेमा केही जानकारी दिइएको छैन। सो आक्रमणका घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर छ। सीबीसीएस न्युजका अनुसार घाइते युवक आक्रमणकारी महिलाका केटासाथी हुन्। सो आक्रमणमा ३२ र २७ वर्षीया महिलालाई गोली लागेको छ।
२३ वर्षीया युवतीको अवस्था गम्भीर छ भने २७ वर्षीय युवतीको स्वास्थ्यमा सुधार भएको छ। यूट्यूबको मुख्यलयमा भएको आक्रमणको प्रहरीले छानविन गरिरहेको छ। प्रहरीका अनुसार यूट्यूब मुख्यालयमा एक बन्दुकधारी महिला भएको खबर प्राप्त हुने वित्तिकै प्रहरी पुगेको थियो। प्रहरी त्यहाँ पुग्दा एक संदिग्ध महिला मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले ती महिला आक्रमणकारी भएको अनुमान गरेको छ।
र घाइतेको संख्या बढ्न सक्ने जनाएको छ। गोलीबारी भएको जानकारी पाउने वित्तिकै घटनास्थलमा एम्बुलेन्स पुगेको थियो। यूट्यूबका प्रोडक्ट म्यानेजर टड शर्मनले लगातार ट्वीट गर्दै आक्रमणको जानकारी दिएका थिए। यूट्यूब मुख्यालयमा करिव १ हजार ७ सय मानिसले काम गर्छन्।



