सोल। दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ। उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ। पूर्वराष्ट्रपति हाई थुनामै रहेकी छन्।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसयतादेखि नै उनी अनुसन्धानका लागि थुनामै रहँदै आएकी थिइन्।

उनलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो। यद्यपी उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए।

पार्क ६६ वर्षकी छन्। उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति थिइन्। उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन्। (रासस/एएफपी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah