दमक/ झापाको धरमपुरस्थित मानवअधिकार निगरानी समितिका सदस्य दधिराम धितालले आफ्नो छिमेकीहरुले उपभोग गरिआएको करिव ३ कठा जग्गा कृते गरि आफनो नाममा कायम गरेको खुलेको छ । धरमपु्र–९ घर भएका धितालले छिमेकीहरु बिरवहादुर खुलालको १० धुर र सोही ठाँउका श्रीप्रसाद खरेल, खेमप्रसाद बाँस्कोटा, भेटमाया नेम्बाङ र चन्द्रकला भट्टराईको २ कठा ५ धुर जग्गा कृते  गरि आफ्ना नाममा कायम गरेको घटना बाहिर आएको हो । धितालले छिमेकी खुलाल बस्दै आएका कित्ता नम्बर २०६६ नम्बरको १० धुर नम्बरी जग्गा समेत जालसाझ गरि आफनो नाममा बनाएका थिए भने २०५१ सालमा त्तत्कालिन सुकुम्बासी समाधान आयोगबाट छिमेकीले उपभोग गरिआएका ऐलानी जग्गाहरु आफ्नो नाममा कायम गरेका थिए ।
वडा नागरिक मञ्चका सदस्य समेत रहेका धितालको भूमाफिया चर्तिकला बाहिर आएपछि उनी एक साता बढी समयदेखि फरार भएका छन् । पिडीतहरुले कृते गरेको जग्गा फिर्ता गराउन गाँउलेहरुले दबाब सृजना गर्न थालेपछि धिताल गत मंसीर २५ गते एकाएक सम्पर्कविहीन भएर गुपचुप बस्दै आएका छन् । गत मंसीर २५ गते झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा भएको सोही विषयको  छलफल हुदाँ आफूले छिमेकीका जग्गा नियमसंगत ढंगले नै फिर्ता गराउने सहमती भएलगत्तै धिताल फरार भएका हुन् । ‘ धितालले सामाजिक रुपमा छिमेकीका भोग्दै आएका ऐलानी जग्गा नियमानुसार दिने सहमती भएको थियो’  आज सोही ठाँउमा बसेको सर्वपक्षीय भेलामा सहभागी धरमपुरका अग्रज चन्द्रवीर नेम्बाङले भने,–‘ अबैध ढंगले जग्गा जालसाझी गर्ने मनसायबाट धितालले छिमेकीलाई ठगे, हामी पीडितलाई सामाजिक न्याय तथा कानुनी न्याय दिन लागेका छौ ।’
लामो समय रोजगारीका क्रममा खाडी मुलुक गएका खुलालले केही महिना अघि पूरानो घर भत्काएर पक्की घर बनाउदाँ जग्गा धितालले हड्पेको घटना बाहिर आएको थियो । खुलालका अनुसार घर बनाउदाँ धितालले धाकधम्की दिदै आफनो नाममा रहेको जग्गा आफनो भएको दावी गदै आएपछि धितालको भाफियाको रहस्य सार्वजनिक हुन पुगेको हो ।‘ धितालले जग्गा मेरो नाममा भएको भन्दै घर बनाउन नदिने जस्ता धम्की दिदै आए,सरकारी अमिनी आएर फिल्ड हेर्दा धितालको माफिया चलखेल पुष्टि भयो ’ पीडित खुलालले भने,–‘ यसरी छिमेकीलाई उठिबास गराउने माफियालाई हदैसम्मको सजाय हुनुपर्छ ।’
उदयपुरको गाइघाटबाट बसाईसराई गरि धरमपुर आएका धितालले बस्नका लागि शर्मानन्द ढुङगानाबाट त्यहाँ १० धुर मात्र जग्गा किनेका थिए । पेशाले जजमनी समेत गरिआउने धितालले अहिले घरवरिपरि १ कठा ५ धुर जग्गा भोगचलन गरिआएका खुलेको छ । ‘ स्थलगत जग्गानाप जाँच गर्दा धितालले कृते गरि त्यतिका जग्गा हड्पेको देखिएको छ’ वडा नागरिक मञ्चकी संयोजक समेत रहेकी इन्द्रकुमारी पाण्डेले भनिन्,–‘ धितालले कृते जालसाझ गरि छिमेकी माथि अन्याय गरेका छन् ।’
यसैवीच बुधबार सम्पन्न सो सर्वपक्षीय भेलाले जग्गा कृते गरि सर्वसाधारणहरुका जग्गा हड्प्ने धितालले पीडितहरुका जग्गा फिर्ता दिनु पर्ने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयन गराई सहयोग पु¥याँईदिन सरोकारवाला पक्ष,निकायसम्म त्यसबारे पत्राचार गर्ने निर्णयमा उल्लेख छ । निर्णयको बोद्यार्थ धरमपुर गाविस,मालपोत,नापी कार्यालय दमक, जिल्ला प्रशासन कार्यालय,राजनीतिक दलहरुलाई समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah