८ वर्षकी बालिकालाई सामूहिक बलात्कार गर्ने बेला बालिकालाई चिच्याउन नदिन नशाको औषधी खुवाएर ८ जनाले सामूहिक बलात्कार गरेको आरोपसहित प्रहरीमा उजुरी दर्ता भएको छ । बलात्कारीमध्ये ४ जना प्रहरी भएको बताइएको छ । बलात्कारको घटनाका मुख्य योजनाकार मन्दिरका प्रहरी भएको समेत आरोप लगाइएको छ । यद्यपि घटना भएको ३ महिनापछि मात्र मुद्दा दर्ता भएको हो । प्रहरी नै बलात्कारमा संलग्न रहेकाले घटना दबाउन निकै प्रयास गरिएको बताइएको छ ।
भारत पाकिस्तान सीमा क्षेत्रमा भएको यो घटनामा बकरवाल समुदायलाई त्यो ठाउँबाटै हटाउन अबोध बालिकालाई निशाना बनाइएको बताइएको छ । यहाँ १० जनवरीका दिन ८ वर्षकी बालिका बेपत्ता भएकी थिइन् । १२ जनवरीका दिन उनका पिताले प्रहरीमा बेपत्ताको रिपोर्ट लेखाएका थिए । १७ जनवरीका दिन बालिकाको क्षत विक्षत लाश जंगलमा भेटिएको थियो ।
प्रहरीले तयार गरेको चार्जशिटका अनुसार बलात्कारका मुख्य योजनाकार मन्दिरका जुजारी संजी राम हुन् जसले बकरवाल समुदायलाई गाउँबाट हटाउने यो जघन्य अपराध गरेका थिए । संजीरामले यो पूरै अपराधको लागि मन्दिरलाई नै रोजेका थिए । उनले यसका लागि आफ्नो योजनामा आफ्ना नाबालिग भतिजासहित ६ जनालाई सहभागी गराएका थिए । जंगलबाट ती बालिकालाई अपहरण गरेपछि उनलाई नशाको औषधी खुवाएका थिए ताकि बालिका चिच्याउन नसकुन् । त्यसपछि उनलाई मन्दिरमा ल्याएर सामूहिक बलात्कार गरिएको थियो । बलात्कारमा संलग्न ८ जनामध्ये ४ जना प्रहरी थिए । तीमध्येका १ सब इन्स्पेक्टर आनन्द दत्ता, दुई विशेष प्रहरी अधिकारी दीपक खजुरिया र सुरेन्द्र वर्मा तथा हेड कन्स्टेबल तिलक राज छन् । डिसी नेपाल बाट



