विनाशकारी हावाहुरीले भारतको ताजमहलमा क्षति पुर्याएको छ।

भारतको उत्तरी शहर आग्रामा हरेको ताजमहलका २ फरक प्रवेशद्वारमा रहेका २ वटा ऐतिहासिक पिल्लरहरु ढलेका छन्। करिब १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा बुधबार मध्यरातमा आएको हावाहुरीले ४ मिटर लम्बाई भएका पिल्लर भत्काइदिएको हो। तर ताजमहलको मूख्य संरचनामा रहेका ४ वटै ठूला पिल्लरहरुमा भने क्षति पुगेको छैन।

भारतीय सरकारी अधिकारीहरुका अनुसार शाही पोल र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको छ।

१७औं शताब्दीमा मुगल शाषक शाहजाहले आफ्नी श्रीमती मुमताजको सम्झनामा सो महल बनाएका थिए। ताज महल भारतको ऐतिहासिक प्राचिन सम्पदा हुनुका साथै योे विश्वकै सात आश्चर्य मध्येको एक सम्पदाको रुपमा चिनिन्छ। यो विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा पनि हो।

‘बुधबार मध्यरातमा आएको हावाहुरी र पानीले गर्दा प्रदेशद्वारसँगै रहेको १२ फिट अग्लो धातुको पोलमा नोक्सानी भएको छ। त्यसैगरी दक्षिणी प्रदेशद्वारकाे अर्को पोलमा पनि क्षति पुगेको छ,’ एक अधिकारीले भने। पर्यटकहरुले महल प्रवेशको सुरुवातमै सोहि प्रवेशद्वार भएर छिर्नुपर्छ।

भुइँतलामा रहेको पुष्पपात्र र पर्खालहरूमा पनि सामान्य क्षति भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्।

सरकारी अधिकारीहरुले क्षति पुगेको संरचनाको मर्मतको काम सुरु गरिसकिएको जनाएका छन्।

सेतो मार्वलको अधिकतम प्रयोगबाट तयार परिएको ताज महललाई मुगल कलाको अनुपम उदाहरणका रुपमा लिने गरिन्छ। तर पछिल्लो समय बढ्दो प्रदुषण र साे अासपासका क्षेत्रमा अन्य भाैतिक संरचनाको निर्माण कार्यले यसको आवरणमा असर पर्ने गरेको छ।

भारतको पुरातत्व विभागले गरेको अनुसन्धानबाट आग्रामा बढ्दो प्रदुषणका कारण ताज महलले आफ्नो सुन्दरता गुमाउँदै गएको र यसको संरचनाको शक्तिमा ह्रास आएको खुलेको थियो। विभागले ताज महलको सुरक्षामा ध्यान दिनुपर्ने औंल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah