बलात्कार अभियोगमा भारतीय जनता पार्टीका उत्तर प्रदेश विधान सभामा निर्वाचित कुलदीप सेन्गर पक्राउ परेका छन् । सिबिआईको टोलीले सेन्गरलाई शुक्रबार बिहान लखनऊस्थित उनको घरबाट पक्राउ गरेको हो।
उनीविरूद्ध उनाउकी एक १६ वर्षिया युवतीलाई बलात्कार गरेको भन्दै मुद्दा परेका छ । मुद्दा हालेकी युवतीले गत जुनमा कुलदीपले आफूलाई बलात्कार गरेको बताएकी छन् ।
युवतीका बुवालाई कुलदीपका भाइले कुटेको एक भिडियो भाइरल भएको थियो । घाइते भएका युवतीका बुवाको प्रहरी हिरासतमै मृत्यु भएको थियो ।
केन्द्र बिन्दु बाट



