एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई हमलाको घोषणा गरेपछि सिरियाको राजधानी शनिबार बिहानैदेखि शक्तिशाली विस्फोटका आवाज आतंकित भइरहेको छ।

बिहानैबाट सिरियाली राजधानी दमास्कसको आकाशलाई बाक्लो धुवाँले ढाकेको छ। ट्रम्पले यसभन्दा पहिले अमेरिका, ब्रिटेन र फ्रान्सले मिलेर सिरियामा बसर अल असदको सरकारविरुद्ध सैन्य हमला सुरु गरेको घोषणा गरेका थिए ।

ट्रम्पले युद्धग्रस्त देशमा आफ्नै मानिसविरुद्ध रासायनिक हतियारको प्रयोग गरेको आरोप असदमाथि लगाएका छन् । तर, सिरियाले भने अमेरिकाले हानेका टम हकसहित १०९ मिसाइलमध्ये ७३ वटालाई आफ्नो प्रतिरक्षा प्रणालीले आकाशमै विस्फोट गरिदिएको जनाएको छ।

सिरियाली सरकारी टेलिभिजनले वैज्ञानिक अनुसन्धान केन्द्रमाथि हमला भएको भिडियो देखाउँदै सिरियाका वायु रक्षाले दक्षिणी दमास्कसतर्फ आएका मात्रै १३ वटा रकेटलाई हावामै बिफल पारिदिएको जनाएको छ।

सिरियाली सरकारी टीभीले यो हमलालाई अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भन्दै यसले अन्तर्राष्ट्रिय वैधताको मानवता झल्काएको पनि उल्लेख गरेको छ।

ट्रम्पले शुक्रवार राति आफ्ना तीन सहयोगीसँग मिलेर सिरियाली राष्ट्रपति बसर अल असदलाई कथित रासायनिक हमलाका लागि दण्डित गर्न र उनलाई अर्को पटक यस्तो गर्न नदिन सैन्य हमला गर्ने घोषणा गरेका थिए ।

ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले आफू‍हरुको आक्रमणलाई जायज ठहर्याउँदै सत्ता फेर्न भन्दा सर्वसाधरणलाई हताहत हुन नदिन यो हमला गरिएको दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah