एजेन्सी: भारतको कठुआ बलात्कार हत्याकाण्डको चर्चा विश्वभर भइरहेको छ । यहाँसम्म कि यसबारेमा संयुक्तर राष्ट्र संघसमेत मुख खोल्न बाध्य भएको छ। संयुक्त राष्ट्र संघका महासचिवले समेत शनिबार यस घटनाको निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आठ वर्षीया बालिकाको बलात्कार र हत्याको घटनालाई ‘डरलाग्दो’ भनेका छन् । उनले यस घटनामा भारत सरकारले न्यायको सुनिश्चितता गर्ने कुरामा समेत उनले विश्वास व्यक्त गरेका छन् ।

पत्रकारको तर्फबाट यस घटनाबारे संयुक्त राष्ट्र संघका महासचिवको प्रतिक्रियाबारे सोधेपछि गुटेरेसका प्रवक्ता स्टिफन डुजारिकले भने, ‘हामीले यी बालिकामाथि भएको यौन हिंसा र हत्याबारेको डरलाग्दो मिडिया रिपोर्ट हेरिसकेका छौँ । हामीलाई विश्वास छ भारत सरकार र त्यहाँको प्रशासनले यो अपराधमा संलग्नलाई दण्डित गर्नेछन् । भारत सरकाले दोषीलाई कानुनी दायरामा ल्याएर बालिकाको बलात्कार र हत्यामा जिम्मेवार बनाउनैपर्छ ।’

जनवरीमा जम्मु-कश्मिरस्थित कठुआमा भएको यस घटनापछि अहिलेसम्म आठजना युवा गिरफ्तार भइसकेका छन् । जसमा चार पुलिसकर्मी पनि सामेल छन् । पक्राउ परेका पुलिसमाथि सबुत प्रमाण मेटाएको आरोप लगाइएको छ ।

यो मामिलाले जब विश्वव्यापी चर्चा पायो तब हालै मात्र हिन्दु एकता मञ्च नामको संगठनले अभियुक्तको पक्षमा झण्डा र्‍याली निकाल्यो । यस कार्यक्रममा जम्मु-कश्मिरका बीजेपी-पीडीपी सरकारमा सामेल दुई भाजपाका मन्त्री पनि थिए ।

यी दुई मन्त्रीले सार्वजनिकरुपमा अभियुक्तको पक्षमा निकालिएको यस र्‍यालीको समर्थन गरेका थिए । शनिवार दुवै मन्त्रीले आफ्नो राजीनामा पार्टी अध्यक्षलाई बुझाइसकेका छन् ।

बकरवाल मुस्लिम समुदायसँग जोडिएकी आठ वर्षीया बालिका १० जनवरीमा आफ्नो घर नजिकैबाट हराएकी थिइन् । एक सातापछि नजिकैको जं‌गलमा उनको शव बरामद भएको थियो ।

पीडित पक्षले गाउँकै एक हिन्दू धर्मस्थलमा छ जनाले बालिकालाई बन्धक बनाएर उनलाई सामुहिक बलात्कार गरेको आरोप लगाएका थिए । शव मुचुल्का जाँचपछि बालिकालाई नशालु औषधि पनि खुवाइएको खुलेको छ ।

यो घटनापछि जब अभियुक्तको पक्षमा पक्षमा र्‍याली निस्कियो तब यो घटनामा राष्ट्रव्यापी रोष प्रकट भयो । त्यसपछि यो घटनाले अन्तर्राष्ट्रिय रुप ग्रहण गर्‍यो ।

घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बहुप्रतीक्षित बयान शनिवार दिएका छन् । उनले यसलाई ‘शर्मनाक’ बताउँदै भने, ‘म कुनै पनि अपराधीलाई माफी या उन्मुक्ति नदिइने कुरामा तपाईँहरुलाई विश्वास दिलाउँछु । र, हाम्री छोरीलाई न्याय मिल्ने कुरामा पनि ढुक्क हुनुस ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah