बजारमा केही दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य आज भने तोलामा एक सय रुपैयाँ घटेको छ ।
आज सुन प्रतितोला ५९ हजार दुई सय कायम भएको छ ।
हिजो सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सवालनेपाल टिभी



