काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ–उनले तत्काल लागु हुने गरी तयारी अवस्थामा रहेका सबै मिसाइलको परीक्षण रद्द गर्ने तथा परमाणु हतियार परीक्षण केन्द्र पनि बन्द गरिने बताएका छन् ।

नेता किमले अब मिसाइल परीक्षणको खाँचो नदेखिएको बताएका हुन् । नेता किमले शनिबारदेखि नै लागु हुने गरी सबै मिसाइल परीक्षण रद्द गर्नुका साथै मिसाइल परीक्षण केन्द्र बन्द गर्ने घोषणा गरेका हुन् ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले भनेको छ, ‘अप्रिल २१ देखि उत्तर कोरियाले मिसाइल परीक्षण बन्द गर्न सुरु गर्ने छ । यस्तै अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पनि बन्द हुनेछ ।’

नेता किमले देशको आर्थिक बृद्धि र कोरियाली प्रायद्विपमा शान्ती स्थापनका लागि यस्तो निर्णय लिएको उत्तर कोरियाको सरकारी समाचार संस्थाले उल्लेख गरेको छ ।

उत्तर कोरियाका नेता किमले दक्षिण कोरियाका राष्ट्रपतिसँगको तय भेटको एक हप्ताअघि यस्तो निर्णय लिएका हुन् । नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिच आउँदो हप्ता भेटवार्ता हुँदैछ ।

यस्तै उत्तर कोरियाली नेता किम र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पनि वार्ता हुने तयारी छ । आउँदो मे वा जुनसम्ममा हुने भनिएको वार्ताको तयारी दुवै देशका गुप्तचर निकायबिचको छलफलमा भइरहेको छ । यो भेट भएमा कुनै पनि अमेरिकी राष्ट्रपतिले कार्यालयमै रहँदा उत्तर कोरियाका नेतालाई भेटेको पहिलो पटक हुनेछ ।

उत्तर कोरियाका नेता किमले मिसाइल परीक्षण रद्द गर्ने तथा परीक्षण केन्द्रहरु बन्द गर्न थाल्ने घोषण गरेकोमा अमेरिकाले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो उत्तर कोरिया र विश्वका लागि धेरै ठूलो र सकारात्मक कुरा रहेको बताएका छन् ।

यसअघि ट्रम्पले परमाणु निशस्त्रीकरणमा सकारात्मक प्रगती हुने नदेखिएमा किमसँगको वार्ता रद्द हुन सक्ने बताएका थिए । उत्तर कोरियाको सत्तारुढ पार्टी वर्कर्सको बैठकपछि परमाणु परीक्षण तथा परीक्षण केन्द्र बन्द गर्ने निर्णय आएको हो ।

उत्तर कोरियाले परमाणु कार्यक्रमकै कारण संयुक्त राष्ट्रसंघ तथा अमेरिकासहितका देशको प्रतिबन्ध खेप्दै आएको छ । पछिल्लो पटक गएको वर्षको नोभेम्बरमा उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah