ग्यान्टोक । सिक्किमका मुख्यमन्त्री पवन कुमार चाम्लिङले भारतको इतिहासमा सबैभन्दा लामो समय मुख्यमन्त्रीका रुपमा पद सम्हाल्ने किर्तिमान बनाएका छन् ।

आइतबार पश्चिम बंगालका मुख्यमन्त्री रहेका ज्योति बसुको किर्तिमानलाई उनले भंग गरेका हुन् ।

सीपीएमको ३४ वर्षको सरकारमा बसु २३ वर्ष ४ महिना र १६ दिन मुख्यमन्त्री पदमा रहेका थिए ।

ज्योति बसुले सन् १९७७ जुन २१ देखि ५ नोभेम्बर २००० सम्म बंगालको मुख्यमन्त्री रहेका थिए । उनी पदमा ८ हजार ३ सय ५८ दिन रहे । उनले आफ्नो मर्जीले पद छाडेर सत्ता बुद्धदेव भट्टाचार्यलाई सुम्पेका थिए ।

यता, सिक्किम डेमोक्राटिक फ्रन्ट (एसडिएफ) का प्रमुख पवन चाम्लिङ सन् १९९४ को १२ डिसेम्बरमा राज्यको मुख्यमन्त्री बनेका थिए । उनी अहिले पनि मुख्यमन्त्री पदमा कायम छन् । आइतबार उनी यस पदमा रहेको ८ हजार ३ सय ५९ दिन भएको छ ।

६७ वर्षीय चाम्लिङको अझै एक वर्ष कार्यकाल बाँकी रहेको छ । एसडीएफले आफ्नो नेता चाम्लिङले यस्तो किर्तिमान बनाउनेछन् जसलाई कसैले तोड्न सक्ने छैनन् ।

समाचार एजेन्सीका अनुसार आगामी वर्ष हुने विधानसभा चुनावमा चाम्लिङले पुनः मुख्यमन्त्री पदको दाबेदारी प्रस्तुत गर्नेछन् ।

यस मौकामा चाम्लिङले आफ्नो फेसबुक पेजमा लेख्दै यो आफ्नो व्यक्तिगत उपलब्धि भएपनि दुई दशकको यस यात्रामा सबैको हिस्सा रहेको प्रष्ट पारेका छन् ।

उनले आफ्नो २३ वर्षे शासनकाल सिक्किमको सबै क्षेत्रमा तीव्र गतिमा र अभूतपूर्व विकास देखिएको पनि दाबी गरे ।

चाम्लिङ यसअघि सिक्किम संग्राम परिषदमा थिए । उनले तत्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारीसँग लामो समय काम गरेका थिए ।

सन् १९८५ मा उनी संग्राम परिषदको टिकबाट पहिलो पटक विधायक बने । सन् १९९४ मा उनले आफ्नो पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट बनाएका थिए । त्यसबेला देखि सिक्किमा अहिलेसम्म उनकै राज छन् ।

सन् २००९ को विधानसभा चुनावमा चाम्लिङको पार्टीले सबै ३२ सिटमा जीत हासिल गरेको थियो । कूल भोटमा उनको ६६ प्रतिशत हिस्सेदारी थियो ।

सन् २००४ मा पार्टीले राज्यको ३२ मध्ये ३१ सिट जितेको थियो भने एउटा सिट काँग्रेसले पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah