पछिल्लो समय युट्युबमा गीत गएर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारकालागि आर्थिक सहयोग जुटाउने उदेश्ले समिति निर्माण गरिएको छ । मंगलबार दमकमा उर्लाबारीका समाजसेवी पुर्ण वाईबाको अध्यक्षतामा सम्पन्न भेलाले उनकै संयोजकत्वमा ९ सदस्यीय समिति चयन गरेको हो ।

समितिको सचिवमा सञ्चारकर्मी जिवन चुडाल, कोषाध्यक्षमा रुपक सापकोटा, सदस्यहरूमा पत्रकार किशोर श्रेष्ठ, अन्नपुर्ण पोष्टका पत्रकार लोकनाथ रिजाल , विवेक हिङमाङ , केदार बुढाथोकी , ममता राना लगायत रहेका छन् ।

समितिले अशोकको परिवारका लागी उचित व्यवस्थापन गर्ने उद्देश्यले जग्गाको खोजी गरि घर निर्माण गर्न लागेको संयोजक वाइबाले बताएका छन् । यसका लागी देशविदेशमा रहेका नेपालीहरूसँग सहयोगको अपिल गरिने पनि वाइबाले जानकारी दिए ।

केही समय पहिले काठमाडौँमा स्टुडियो ९ मा बाल गायक अशोक दर्जीले मन बिनाको धन ठूलो की धन बिनाको मन बोलको मिठो गीत रेकर्डिङ गराएका थिए चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग।

अशोकको परिवारको अवस्था अत्यन्तै नाजुक रहेकोले घर जग्गा खरिद तथा निर्माणका लागि बेग्लै समिति समेत निर्माण गरेको छ । अशोकको परिवारलाई सहयोग गर्नकै लागि अहिलेका चलेका संगितकार टंक बुढाथोकी पनि दमक पुगेका थिए ।

बुढाथोकीको संयोजनमा ३ सदस्यीय अर्को आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको छ । जसमा अशोकको अध्ययनअध्यापनको जिम्मा लिएका दिपक न्यौपाने (बेथेल एजुकेशन एकेडेमी, उर्लाकारीका संयोजक) र रोमन श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah