यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । राष्ट्रपति कार्यालयलँई यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएर आक्रमण गरेका छन् ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।
स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठुला शक्तिशाली विस्फोटन भएको सुनेको बताएका छन् । केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो ।
‘हामीले राष्ट्रपति कार्यालयको अर्को प्रवेशद्वार तर्फ काम गरिरहेका थियौं, पहिला सादा आवाज सुन्यौं’ कार्यालयका एक कर्मचारी अहमद डेहसिरले भनेका छन्, ‘त्यसपछि विस्फोटनको आवाज आयो ।’
बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको उनले बताए। यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच सन् २०१५ देखि युद्ध चलिरहेको छ । एएफपी। जनता समाचर बाट



