भारतका अत्यन्तै वरिष्ठ प्रहरी अधिकारीमध्ये एक ५५ वर्षीय हिमांशु रोयले पश्चिमी शहर मुम्बइमा आत्महत्या गरेको शुक्रबार सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। महाराष्ट्र राज्यको प्रति आतंक विभागका प्रमुख हिमांशुले आफ्नै निवासमा आफंैमाथि गोली प्रहार गरेको बताइएको छ।

क्यान्सरपीडित उनी लामो समयदेखि बिरामी बिदामा रहेका थिए। १ जना वरिष्ठ पत्रकारको डनबाट भएको हत्यालगायत थुप्रै महत्वपूर्ण एवं सनसनिखोज अपराधिक काण्ड उनको नेतृत्वमा भएको अनुसन्धानले सुल्झाएको थियो।

उनले सफलता हासिल गरेका प्रमुख घटनामा बलिउडकी चर्चित अभिनेत्री लैला खानको हत्या पनि पर्दछ। यस हत्याकाण्डले भारतभरि नै तहल्का मच्चाएको थियो।

१ जना पूर्वराज्यमन्त्रीले उनलाई अघिल्लो दिन भेटेको र उनको केमोथेरापीले पनि काम गर्ननसक्ने अवस्थामा पुगिसकेको बताएको बीबीसी मराठीलाई जानकारी दिएका छन्। प्रहरी संगठनमा ‘सुपर कप’ को उपनामले पनि चिनिएका उनको निधनले भारतलाई नै शोकमा डुबाएको बताइएको छ।

उनका सहकर्मीहरूले यस घटनालाई अपत्यारिलो र अकल्पनीय भएको प्रतिक्रिया व्यक्त गरेका छन्।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah