भारतकाे नयाँ दिल्लीसहित उत्तर प्रदेशलगायतका विभिन्न राज्यमा तुफानका कारण मृत्यु हुनेकाे संख्या कम्तीमा ३९ जना पुगेका छन् । आइतबार साँझ भारतका विभिन्न भागमा चलेकाे तीव्र तुफान (अाँधी)का कारण मृत्यु हुनेकाे संख्या अझै बढ्न सक्ने जनाइएकाे छ ।

तुफानका कारण उत्तर प्रदेशमा सबैभन्दा बढी १६ जनाले ज्यान गुमाइसकेका छन् भने आन्ध्र प्रदेशमा पनि १२ जना मारिएको पुष्टि भएकाे छ। त्यस्तै पश्चिम बंगालमा ९ जना तथा दिल्लीमा २ जनाकाे मृत्युको पुष्टि भएको हाे।

अाइतबार दिल्ली र आसपासका क्षेत्रहरूमा प्रतिघण्टा १०९ किलोमिटर वेगमा चलेकाे अाँधीका कारण हवार्इको सेवाका साथै सडक, यातायात, बिजुलीमा समेत असर पुगेकाे छ । सयाैं रूखहरू र बिजुलीका स्तम्भहरू अाँधीले उखेलिदिएकाे छ । जसका कारण ठाउँठाउँमा सडक अवरूद्ध भएकाे छ। धेरै उडानहरू प्रभावित भएर डाइभर्ट गरिएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उत्तर प्रदेशमा मात्रै तीसभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन् भने अन्य विभिन्न ठाउँलगायत सयाैं घाइते भएकाे जनाइएकाे छ । पश्चिम बंगालमा मारिनेमा ५ जना बालबालिका रहेका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण धनजनकाे क्षति भएकाे प्रति दुःख व्यक्त गरेका छन् । मृत्यु भएकाहरूप्रति संवेदना प्रकट गर्दै ट्वीटरमा लेखका छन्, “देशका विभिन्न भागमा अाएकाे अाँधीका कारण भएकाे धनजनकाे क्षतिले दु:खित छु । मृत्यु भएकाहरूकाे परिवारमा सहानुभूति, घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना !” –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah