भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरिरहेको बेलामा आपत्तिजनक ट्वीट गर्ने कीर्ति आजादलाई भारतीय जनता पार्टी (भाजपा) ले निन्दा गरेको छ ।
भाजपाका महासचिव तथा परराष्ट्र विभाग प्रभारी विजय चौथइवालेले एक ट्वीटमार्फत आजादको ट्वीटको निन्दा गरेका हुन् ।

ट्वीटमा उनी लेख्छन्, ‘कीर्ति आजादलाई धेरैपहिले पार्टीबाट निष्काशन गरिसकिएको हो । भाजपा नेपालको भौगोलिक अखण्डताको पक्षमा छ । हामी कीर्ति आजादको यो बदमासीपूर्ण ट्वीटलाई कडा शब्दमा निन्दा गर्छौं ।’



