काठमाडौं । होलुगुइनका लागि उडेको विमान क्युबामा दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । बोइङ ७३७-२०१ एयरलाइन्स हवानामा रहेको जोसे मार्ती अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको हो ।
३ जनाको जीवितै उद्धार गरिएको जनाईएको छ । विमान स्थानीय समयअनुसार अपराहृन ४ बजेर ८ मिनेटमा उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका सदस्य सवार थिए । विमानका अधिकांश यात्रु क्युबाका थिए । दुर्घटनाको कारण खुलेको छैन ।




