मेष राशिः

मेष राशि हुनेहरुको लागि भोलिको दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशियालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि मिल्नसक्ने गोचर स्थिति रहेको छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाम वा शेयर आदिको लगानीको अवसरको पनि सम्भावना देखिन्छ । पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । भोलि यहाँलाई एक अङ्क, रातो रङ्ग र भगवान श्री गणेशको दर्शन भक्ति गर्नुु शुभकर हुनेछ ।

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन सजिलोसँग काम भइहाल्न भने अल्लि गार्हो पर्ने देखिएको छ । आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्ने मानसिक तयारीमा बस्नु उपयुक्त हुनेछ । अल्लि बढी मेहनत गरेर मात्रै सफलता प्राप्त गर्नसकिएला । मान्यजनलाई भेट्गर्नु, यात्रा गर्नु, नगरी नहुने काममा खर्च गर्नु जस्ता कार्य आज सम्पादन गर्नु बुद्धिमानी हुनेछ । भोलि यहाँलाई तीन अंक, पहेंलो रङ्ग र त्याग वा दानको व्यवहार उपयुक्त हुनेछ ।

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन यद्यपि अर्थकर हो तर पनि अपेक्षा गरेजति आर्थिक उपलब्धि हुन अबरोध कठिन पर्नसक्ने छ । आश्वासन मिलेको काम समयमै नभइदिँदा अल्लि दिक्कत लाग्नसक्ने छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आज ठूलो उपलब्धि खोज्नु भन्दा पनि भौतिक कर्म सम्पादनलाई प्रार्थमिकता दिनु बुद्धिमानी हुनेछ । जसबाट पछि लाभ उठाउन सकिनेछ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो तथा ध्वाँसे रङ्गको प्रयोग र भैरवदेव श्रद्धाभक्ति आराधना गर्नु तथा कुुकुरको सेवा गर्नु उपयुक्त हुनेछ ।

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा सहजवातावरण सृजना हुनेछ । कामकार्य तथा पेशा वा व्यवसायको क्षेत्रबाट आंशिकलाभ पनि हुनेछ । जसले गर्दा केहीहद्सम्म मानसिक सन्तुष्टि मिल्ने र साहस बढेर आउनेछ । तुरुन्तै फल प्राप्त गर्न नसकिएपनि केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । मानसम्मान पाइने र भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । भोलि यहाँले भगवान श्री गणपतिको र माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि भोलिको दिन तसै सकारातमक मान्नसकिन्छ । पेशा तथा व्यवसाय अनुसारको सफलता मिल्नसक्ने गोचरले युक्त भएको दिन रहेको छ । उद्योग फस्टाउने छ, उच्चवर्गसँग भेट तथा संपर्क स्थापित हुनेछ, मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्त हुनेछ । धार्मिक–आध्यात्मिक चिन्तनको विकास हुने तथा सकारात्मक भावनाले प्रसय पाउनेछ । योगमार्गीहरुको लागि दिन विशेष उपलब्धिमूलक हुनसक्ने छ । यो राशि हुने आमव्यक्तिको हकमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने र आर्थिक पक्षमा पनि सुधार आउनेछ । स्वजनसँग भेटघाट हुने तथा विशेष जरुरीमा सहयोग पनि मिल्ने हुनाले मनोबल पनि बढ्दै जाने र सफलता मिल्ने दिन छ ।

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि भोलिको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनु होला । आठ अंक, रातो रङ्गको प्रयोग भोलि यहाँको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

तुला राशिः

तुला राशिहुनेहरुको लागि भोलिको दिन जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ सामान्यभए पनि उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । भोलि यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान श्रीगजानन्को श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन केही पराक्रम बढ्ने छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, जस निवारणको लागि गुरुजनको आर्शिवाद लिनु वा विद्वानजनलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु भोलि यहाँको लागि बुद्धिमानी हुनेछ ।

धनु राशिः

धनु राशि हुनेहरुको लागि भोलिको दिन ठिकै स्वरुपमा देखिएपनि तपाईमा अल्लि कडामिजास देखिनसक्ने सम्भावना छ । मानसिक योजना तथा आन्तरिक सल्लाह भन्दा फरक ढंगले सवाल अघि बढ्नसक्ने छ । कसैकसैलाई क्रोधको पनि विकास हुनसक्ने कुरालाई नकार्न सकिन्न । पछि मनोवैज्ञानिक पछुतो पर्नसक्ने बोलीवचन वा फुर्तिफार्ति हुने तथा गोपनीयता खुस्कन सक्ने सम्भावना छ ख्याल पुर्याउनु होला । तथापि सौम्यसोँचबाट अघि बढेमा प्रयत्न गर्नाले व्यवसायिक क्षेत्र र सन्तानको क्षेत्रमा देखिएको तनाबलाई व्यवस्थापन गर्न सकिनेछ । बेतुकको संवादको बाहनामा जम्मा हुनेहरुले तपाईको कार्यमा अल्झन ल्याउनसक्ने कुराप्रति होसियारी गर्नुहोला । विद्यार्थीको लागि विद्या बढ्नसक्ने छ ।

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सम्भावना रहेकोले होसियारी पुर्याउन जरुरी देखिन्छ । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । धैर्यतापूर्वक सकारात्मक भावनाले आफ्नो कार्यक्षेत्रमा खटिरहनाले केही लाभ भने गर्नसकिने छ । आज चार अंक, सेतो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ । भोलि यहाँलाई भगवान संकटमोचन हनुमानदेवको साथमा माँ बगलामुखीको आराधना र आमा वा आमासमानकी मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ ।

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन पौरखीलो ग्रहगोचर परेको छ । आ“ट जोश जा“गर र पराक्रम बढ्ने छ । ईच्छाएको कामकार्य बन्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने तथा कामकार्यमा साथ मिल्नेछ । भोलि तपाईले तीन अङ्क, हरियो रङ्गको उपयोग र भगवान श्री सिद्धिविनायकको स्तुति आराधना एवं गुरुजनको आर्शिवाद लिने काम गर्नु बुद्धिमानी तथा हितकर हुनेछ ।

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनेछ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । बोलिवचनको प्रभाव पर्न थालेको छ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ । भोलि तपाईको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र लम्बोदर श्री गणेश भगवानको सेवा आराधना तथा श्रद्धाभक्ति शुभकर हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah