मेष राशिः
मेष राशि हुनेहरुको लागि भोलिको दिन अनुकूलै छ तथापि आफ्नै मनोआशक्तिको कारणले हुनपर्ने जति फाइदा लिन अल्लि गाह्रो देखिन्छ । आत्मप्रशंसाको चाहना तथा प्रमातको भावनाले तपाईँको कमजोरीको वास्तविकता उदाङ्गिन सक्नेछ । सैद्धान्तिक कट्टरताको पक्ष बलियो रहेपनि विद्वदताको फुर्ति र निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना छ । घमण्डले मानसिक पछुतो पर्नसक्ने छ, ख्याल पुर्याउनु होला । आज तपाईँलाई पाँच अङ्क, रातो रङ्गको उपयोग र भगवान भैरवदेवको सेवाआराधना गर्नु उपयुक्त हुनेछ । कुकुरलाई खुवाउनाले पनि ग्रहको दुस्प्रभाव निवारण हुनसकने छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ । भोलि चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा समानका व्यक्तित्त्वको आर्शिवादले यहाँलाई हित गर्नेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन आ“ट जोश जा“गर र पराक्रम बढाउने ग्रह परेको छ । नविन कार्ययोजना बन्नाले महत्त्वाकांक्षा पनि बढ्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । स्फुर्तिकर ग्रहयोग परेकोले पौरख प्रदर्शन गर्नसकिने र प्रशंसा पनि मिल्ने छ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायिक उन्नति हुनेछ भने अड्केर रहेको काम बन्नेछ । पेशा एवम् व्यापार व्यवसायबाट राम्रै लाभ गर्न सकिने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने तथा कामकार्यमा साथ मिल्नेछ । प्रतिस्पर्धामा सफल, व्यवसायिक लाभ, रोकिएको काम बन्ने, विजय एवम् प्रशंसा–पुरस्कार र व्यवसायिक लाभ मिल्नेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन ग्रहको केही अदृष्य अबरोधको बाबजुतपनि उमंग उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोज जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । भोलिको दिन वाकवृति हुनेहरुको लागि बढी उपयुक्त हुनसक्ने छ । तथआज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने हनुमानदेवको सेवा आरधनाले कार्यसफलतामा मद्दत गर्ने गर्नेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि भोलिको दिन गोचर ग्रहमा केही अबरोध देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि हनुमानको भक्ति गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । भोलि यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि भोलिको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि कतैबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आँच आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र माँ बगलामुखीको भक्ति भोलि तपाईँको लागि फाइदाकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि भोलिको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन अनुकूल गोचरको प्रभावले केही महत्त्वकांक्षा बढ्नसक्ने छ । तथापि दिनलाई अनुकूल नै मान्न सकिन्छ । हैसियत अुनसारको काममा सफलता मिल्नेछ भने व्यापार व्यवसायबाट आर्थिक लाभ गर्न सकिनेछ । केही महत्त्वपूर्ण काम सिद्धि हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रहको फल भोगिरहेका तथा संघर्ष–अप्ठ्यारोको सामना गरिरहेकाहरुलाई क्षणिक रुपमा भएपनि समस्या टर्नेछ । राजनीति–समाजसेवामा हैसियत अनुसारको पदप्रतिष्ठा प्राप्त हुनसक्ने छ । सामान्यतया सांसारिक मानमर्यादा कायम हुने र प्रख्याति बढ्ने छ । उद्योगधन्दामा देखिएको अड्चन पनि हट्ने छ । भोलि यहाँले एक अङ्क, रातोरङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति गर्नु फापकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि भोलिको दिन पाएको आश्वासन काम नलाग्न वा पूरा हुन कठिन छ । महत्त्वाकांक्षा ठूलै भएपनि महत्त्वपूर्ण उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तनमनन् भने सृजना हुनसक्ने छ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कामकार्य आदिबाट लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क स्थापित हुनजाँदा केही महत्त्वाकांक्षा पनि बढ्नसक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ । विवाह प्रस्तावले प्रसय पाउने छ । भोलि यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान भैरवदेवको श्रद्धाभक्ति एवं कुकुरको सेवा फापसिद्ध हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन स्वास्थ्यमा प्रतिकूलता आउन सक्ने र काममा पनि अल्लि दिग्दारी हुने सम्भावना देखिएको छ । आज दीर्घरोगीले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुनेछ । कामको शुरुमा ढिलाई हुनाले मानसिक अशान्ति बढ्नसक्ने गोचर परेको छ । धैर्यपूर्वक स्वकर्ममा लगनशीलतालाई कायम राख्नाले अन्तिममा भने केही सफलता प्राप्त गर्नसकिने छ ।सामान्यतया साविकको भन्दा अल्लि बढी खर्चको भार बढेर जाने देखिएको छ । नसोँचिएको तर्फबाट आयआम्दानी पनि हुनसक्ने छ । हतार र उन्माद गर्दा खतिक्षति बढ्नसक्ने भएकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन प्राप्त अवसरलाई सदुपयोग गरी अनावश्यक बड्क्याई नगरेर अघि बढेमा अनुकूल रहेको छ । दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायबाट पनि उपयुक्त एवं उन्नति मिल्नेछ । देशप्रदेशको भ्रमणको अभिलाषीहरुलाई पनि दिन सकारात्मक रहेको छ परन्तु चोटपटकको पनि संकेत रहेको हुनाले होसियारीको जरुरी हुनेछ । नातासम्बन्ध एवं आफन्तजनबाट अपेक्षित सहयोग प्राप्त हुने र सन्तुष्टि मिल्ने छ । कसैकसैलाई कपट प्रेमको सम्भावना रहेकोले प्रतिकूल जन्मदशा चल्नेहरुले होसियारी गर्नु पर्नेछ । भगवान सूर्यदेवको स्तुति आराधना तथा उपाशनाका विधिहरु अवलम्बन गर्नु हितप्रद हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन अनुकूल गोचर पेरको छ । स्वास्थ्यमा आरोग्यता र कान्तिबृद्धि हुनेछ । प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ भने खेलाडीहरुको लागि विशेष दिन रहनेछ । श्रीलक्ष्मीले साथ दिने गोचर परेकोले व्यापार व्यवसायबाट उचितमाात्रामा लाभ हुनगई मानसिक एवं शारीरिक सुखसन्तुष्टि मिल्ने छ । कार्यमा देखिएको ब्याबधान हट्नाले अगाडिको ढोका खुल्नेछ भने शत्रुलाई परास्त गर्नसकिने छ । कसैकसैलाई प्रेमप्रद दिनचर्याले मनको एकाग्रता टोड्नसक्ने छ । तीर्थादि भ्रमणको यात्रायोजना बन्नसक्ने छ । भोलि यहाँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति तथा स्तुति उपाशना गर्नु शुभकर हुनेछ । आरएम खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah