२०७५, ज्येष्ठ २२ गते मंगलबार, अधिक ज्येष्ठ कृष्ण षष्ठी÷सप्तमी, धनिष्ठा नक्षत्र, साध्ययोग, कुम्भमा चन्द्रमा
मेषः दिन अनुकूल रहनेछ । अनपेक्षित लाभ हुने देखिन्छ । महिलाका तर्फबाट सहयोग पाइनेछ । मन प्रसन्न हुनेछ ।
वृषः दिन उत्तम रहनेछ । मानसम्मान तथा पुरस्कार पाइनेछ । मुख्य काम हात लाग्नेछ । मनमा शान्ति मिल्नेछ ।
मिथुनः दिन मध्यम छ । धार्मिक क्षेत्रमा आस्था कम हुन सक्छ । शरीर अस्वस्थ रहनेछ । धर्मकर्ममा अवरोध आउन सक्छ ।
कर्कटः दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता रहनेछ । महत्वपूृर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
सिंहः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारिवारिक सुख पाइनेछ । रमाइलो गरिनेछ ।
कन्याः दिन उत्तम छ । आँटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । शारीरिक तन्दुरुस्ती बढ्नेछ । मावलीबाट सहयोग मिल्नेछ ।
तुलाः दिन मध्यम छ । मनको चिन्ता बढ्नेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । निर्णय क्षमता कमजोर रहनेछ ।
वृश्चिकः दिन प्रतिकूल छ । काममा सचेतताको खाँचो रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । अनावश्यक झमेला आइलाग्नेछ ।
धनुः दिन उत्तम छ । सामाजिक कार्यव्रmममा व्यस्त भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ आफन्तको सहयोग पाइनेछ । यश प्राप्त हुनेछ ।
मकरः दिन मध्यम खालको छ । आर्थिक मामिलामा निकै ध्यान पुर्याउनु पर्नेछ । बोलीमा सावधान रहनु पर्ने देखिन्छ । शरीर कमजोर हुनेछ ।
कुम्भः दिन भाग्यवर्धक छ । कामकाज बन्नेछ । बौद्धिक काम गरिनेछ । सहकार्यमा लाभ मिल्नेछ । उपयुक्त अवसर मिल्नेछ ।
मीनः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । आँटे ताकेको काम बन्न कठिन हुनेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ ।



